कीवर्डहरू -

एक घण्टामै ८० प्रतिशतसम्म चार्ज भइसक्ने स्मार्ट इन्भर्टर नेपाल भित्र्याउने तयारी

एक घण्टामै ८० प्रतिशतसम्म चार्ज भइसक्ने स्मार्ट इन्भर्टर नेपाल भित्र्याउने तयारी

इको फ्लोले एक घण्टामा नै ८० प्रतिशतसम्म चार्ज भइसक्ने स्मार्ट इन्भर्टर नेपालमा भित्र्याउने तयारी गरेको छ । इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई प्रयोग गर्दै डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरू बनाएको कम्पनीका दाबी छ ।

इको फ्लो एक सुविधाजनक पावर र नवीकरणीय ऊर्जा उत्पादन गर्ने कम्पनी हो । यो कम्पनीले नेपालमा जनजीवनलाई उत्तम बनाउनका लागि सुविधाजनक पावर स्टेशनहरु उपलब्ध गराउन तयार रहेको जानकारी गराएको छ ।

कम्पनीको स्थापना सन् २०१७ मा ड्रोनका अग्रणी विकासकर्ताहरुको रुपमा उदाएका उद्यमीहरुबाट गरिएको थियो । यी विकासकर्ताहरुले ड्रोन ब्याट्रीलाई हलुका, धेरै टिक्ने र सबैभन्दा महत्वपूर्ण, अधिक शक्तिशाली बनाउनलाई काम गरेका थिए ।

इको फ्लोको अर्थपूर्ण नवीन ऊर्जा समाधानहरूको डिजाइन नै व्यक्ति व्यक्ति, परिवार र समाजमा व्यापक रुपमा प्रभाव पार्ने गरी गरिएको कम्पनीको दाबी छ ।

इको फ्लोको डेल्टा र रिभर सिरिजका पावर जेनेरेटरहरुले कार्यस्थल र घरको वैकल्पिक ऊर्जा, साहसिक कार्यको लागि स्वच्छ, शान्त र नवीकरणीय ऊर्जाको औद्योगिक परिमाणका साथ उपभोक्तालाई सुसज्जित पार्नेछन् ।

इको फ्लोको स्वामित्व अधिकार रहेको एक्स–स्ट्रिम प्रविधियुक्त स्मार्ट इन्भर्टर १ घण्टाभन्दा कम समयमा ८० प्रतिशतसम्म चार्ज भैसक्नेछ भनें १.६ घण्टाको अवधिमा यो पूर्णतः चार्ज हुनेछ ।

यसमा भएको एक्सबूस्ट प्रविधिको सहायताले इको फ्लो सुविधाजनक ऊर्जा स्टेशनहरुले सर्वाधिक धेरै ४५ सय वाटसम्मको ऊर्जा निष्कासन गर्न सक्दछन् ।