कीवर्डहरू -

एप नभए पनि यसरी स्क्यान गर्नुहोस् क्युआर कोड

एप नभए पनि यसरी स्क्यान गर्नुहोस् क्युआर कोड

क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ । यसका साथै डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ ।

अहिले धेरै काममा धेरै प्रयोगका लागी क्युआर कोड प्रयोग भइरहेको छ । यो क्युआर कोड भित्र धेरै कुराहरु लुकेको हुन्छ । कुनै उत्पादनको बाहिरी खोलमा, एप डाउनलोड गर्न, डिजिटल पेमेन्ट, व्यक्तिगत विवरणको बारेमा जान्नका लागि पनि क्युआर कोडको प्रयोग गरिन्छ ।

तपाईलाई लाग्छ होला यो क्युआर कोड प्रयोग गर्न सहज छैन होला । तर यस्तो हुँदै होइन् । यसलाई बनाउन पनि एकदमै सहज रहेको छ ।

तपाई क्युआर कोड जेनेरेट भनेर गुगलमा सर्च गर्नुहोस त्यहाँ तपाईले थुप्रै किसिमका किसिमका वेबसाइटमा भेटाउनु हुनेछ । ति वेबसाइटबाट क्युआर कोड बनाउन सकिन्छ ।

क्युआर कोडमा सबै विवरणहरु सुरक्षित राख्न सकिन्छ । क्युआर कोड बनिसके पछि एउटा इमेज देखाउँछ । त्यो इमेज स्क्यान गरेपछि क्युआर कोडमा राखेको सबै विवरणहरु देखाउँछ । क्युआर कोड स्क्यान गर्ने र बनाउने पनि विभिन्न एपहरु रहेका छन् ।

क्युआर कोडमा विभिन्न कामको लागी विभिन्न विवरणहरु राख्न सकिन्छ । तर कहिलेकाँही हामलिाई यी क्युआर कोड कसरी स्कयान गर्ने भनेर थाहा हुँदैन् । आज हामी कुनै एप बिना नै क्युआर कोड कसरी स्कयान गर्ने भन्नेबारे जानकारी दिदैछौँ ।

सर्वप्रथम बिल्ट इन क्यामेरा एप लञ्च गर्नुपर्ने हुन्छ । अब क्यामेरालाई क्युआर कोड तिर फर्काएर कोडलाई फ्रेम गर्नुपर्ने हुन्छ ।

एकचोटि कोड स्कयान भएपछि स्क्रीनको तल्लो भागमा यूआरएल पप अप हुने गर्दछ । त्यो क्युआरको बारेमा थप थाहापाउनका लागि पप अपमा देखाइएको लिंकलाई क्लिक गर्नुपर्ने हुन्छ ।

सर्वप्रथम गूगलबाट क्यामेरा एप खोल्नुपर्ने हुन्छ । अब टेक्सट, सर्च, हामेवर्क, सपिङ, प्लेसेज र डाइनिङ भन्ने अप्सनबाट स्कयान गर्नुपर्ने अप्सनलाई स्कयान गर्न सकिन्छ ।

गूगलको क्यामेरामा रहेको क्यूआर मोड प्रयोग गरेर पनि स्कयान गर्न सकिन्छ । त्यहाँ क्युआर क्लिक गरेर क्युआर कोडमा क्यामेरालाई मिलाउनुपर्ने हुन्छ । आफ्नै क्यामेराको डिफल्ट फोटो मोडले स्कयान गर्नका लागि क्यामेरालाई क्युआर कोडमा फिक्स गर्नुपर्ने हुन्छ ।