कीवर्डहरू -

डिशहोममा टुके क्वालिटीमा विश्वकप फुटबल हेर्न पाउनु भएन ? यस्तो छ कारण 

डिशहोममा टुके क्वालिटीमा विश्वकप फुटबल हेर्न पाउनु भएन ? यस्तो छ कारण 

डिशहोमले विश्वकपका खेलहरू टुके क्वालिटीमा प्रसारण गरिरहेको छ । तर यो सुविधा केही सेटअप बक्समा मात्रै उपलब्ध रहेको छ ।

सबैमा टुके क्वालिटीमा विश्वकप हेर्न नपाएको गुनासोपछि डिशहोमले एक सूचना जारी गर्दै केही सेटअप बक्समा मात्रै उपलब्ध रहेको जानकारी दिएको हो ।

डिशहोममा फुटबलको विश्वकप २०२२ टुके गुणस्तरमा हिमालय प्रिमियम च्यानल नम्बर ९८१ मा प्रसारण भइरहेको छ ।

टुकेमा प्रसारण हुने सुविधा डिशहोमका DH-HD-0290 र DH-HD-0292 मोडेलका सेटअप बक्समा मात्रै उपलब्ध भएको जनाएको छ ।

सेट अफ बक्स पछाडि टाँसिएको स्टीकरमा हेरेर आफ्नो सेटअप बक्सको मोडल नम्बर थाहा पाउन सकिने छ ।

\"\"