कीवर्डहरू -

ट्वीटरलाई एप स्टोरबाट हटाउने एप्पलको चेतावनी

ट्वीटरलाई एप स्टोरबाट हटाउने एप्पलको चेतावनी

एप्पलले ट्वीटरलाई एप स्टोरबाट हटाइदिने चेतावनी दिएको छ । ट्विटरका मालिक एलन मस्कले ट्वीटरलाई एप स्टोरबाट हटाइदिने चेतावनी दिएको जानकारी दिएका हुन् ।

तर एप्पलले ट्वीटरमा के समस्या छन् त्यो भने नबताएको जनाएका छन् । एप्पलले ट्वीटरमा विज्ञापन पनि नदिएको मस्कको दावी छ ।

एप्पलको एप स्टोर रिभ्यु गर्नेले ट्वीटरमा कन्टेन्ट फ्ल्याग गर्दिरहेको ट्वीटरका ट्रस्ट र सुरक्षा को पूर्व प्रमुख, योएल रोथले बताएका छन् ।

एप्पलले बारम्बार ट्वीटरको कन्टेन्ट माथि प्रश्न चिह्न ठडाउने गरेको छ । ट्वीटरमा हेट स्पचि एकदमै बढ्दै जाँदा पनि एपले कुनै भूमिका निर्वाह नगरिरहेको भनेर एप्पलले आपत्ति जनाएको छ ।