कीवर्डहरू -

घर वाइरिङ गर्न सिकाउँदै लोकस, यसरी हुनुहोस् सहभागी

घर वाइरिङ गर्न सिकाउँदै लोकस, यसरी हुनुहोस् सहभागी

लोकसले घर वाइरिङ गर्न सिकाउने भएको छ । लोकसले इलेक्ट्रिकल फेलोसिप अन्तर्गत आधारभूत घर वाइरिङ गर्न, लोड गणना गर्न, विद्युतीय नीतिहरू बुझ्न र अभ्यास लगायतका कुरा सिकाउने भएको हो ।

लोकसले आफ्नो प्रि इभेन्टको रूपमा इलेक्ट्रिकल क्लबसँगको सहकार्यमा इलेक्ट्रिकल फेलोसिप २०२३ आयोजना गर्दैछ । १० दिनसम्म सञ्चालन हुने यस वर्कशपमा होम इलेक्ट्रिफिकेसन र म्याटल्याब सिकाइने भएको छ ।

बिहान र साँझ गरी २ शत्रमा सञ्चालन हुने यस वर्कशप मंसिर १९ गतेदेखि चल्नेछ भने भोलि अर्थात आईतबारसम्म इच्छुकले आवेदन दिन सक्नेछन् ।

१० दिनसम्म चल्ने यस फेलोशिपको शुल्क ५५० रूपैयाँ तोकिएको छ । पुलचोक क्याम्पसमा इलेक्ट्रिकल फेलोशिप सञ्चालन हुने लोकसले जनाएको छ ।

लोकसका अनुसार १० दिनसम्म विद्यार्थीले वायर मोडल तयार गर्नेछन् भने सामग्रीहरूको आफै जडान र गणना पनि गर्नेछन् ।

यदी तपाई पनि घर वाईरिङ लगायत होम इलेक्ट्रिफिकेसनमा इच्छुक हुनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।