कीवर्डहरू -

कसरी प्रयोग गर्ने गूगल म्यापको स्ट्रीट भ्यू फिचर ?

कसरी प्रयोग गर्ने गूगल म्यापको स्ट्रीट भ्यू फिचर ?

आजभोलि कुनै ठाउँ जानुपर्‍यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपाएको लोकेसन थाहा पाउन होस् वा अन्य कामका लागि गूगल म्यापको प्रयोग धेरै हुने गरेको छ । गूगल म्यापले गर्दा धेरै काम सहज पनि भएको छ ।

अब हामीलाई भित्र भित्रको गल्लीहरुको बारेमा पनि थाहा पाउनका लागि डेस्कटप र स्मार्टफोनमा रहेको स्ट्रीट भ्यू फिचर प्रयोग गर्न सकिन्छ ।

यसका लागि सर्वप्रथम आफ्नो स्मार्टफोनमा गूगल म्याप एप खोल्नुपर्ने हुन्छ । त्यसपछि तपाइले पिन गर्न मनलागको ठाउँलाई क्लिक गरेर थिचि रहनुपर्छ । स्क्रीनको तल्लो भागमा देखाएको आफूलाई चाहिने ठाउँमा त्यसपश्चात क्लिक गर्नु पर्छ ।

अब फोटोमा स्क्रोल गरेर स्ट्रीट भ्यू लेबल भएको फोटोलाई सेलेक्ट गर्नुपर्ने हुन्छ । अब ठाउँ हेरिसकेपछि पुनः होमस्क्रीनमा ब्याक क्लिक गरेर जान सकिन्छ ।