कीवर्डहरू -

१४ र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक हुँदै

१४ र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक हुँदै

एप्पलले भोलि अर्थात फेब्रुअरी १८ मा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने भएको छ । एमटू चिपसेट प्रयोग गरिएको १४ र १६ इन्चको म्याकबुक प्रो बुधबार सार्वजनिक हुने भएको हो ।

यसले ३५ प्रतिशत छिटो जिपियू पर्फरमेन्स दिने बताइएको छ । यसको स्क्रीनले पहिलेकोभन्दा २५ प्रतिशत बढि उज्यालो बनाउने छ ।

यसमा एट कोर सिपियू र १० कोर जीपीयू हुनेछ । यसले २४ जीबी र्‍याम र २ टेराबाईटसम्मको स्टोरेज सपोर्ट गर्नेछ । यसमा एआई, सीपीयू, जीपीयू प्रोसेसर एकीकृत गरिएको छ ।

एप्पलले म्याकबुक एयर, म्याकबुक प्रो, म्याकमिनी, २४ इन्चको आईम्याक कम्प्यूटरलाई एमवान चिपसेटले सञ्चालन गरेको छ ।

दुईवर्ष भित्रमा एप्पलले इन्टेल चिप सेटको प्रयोग पूर्ण रूपले छाँडने लक्ष्य राखेको छ । यसमा १०८० पिको वेबक्याम, चार ओटा स्पीकर साउण्ड सिस्टम, टचआईडी र फ्यानलेस इन्टेरियर डिजाइन पनि रहेको छ । यसमा एट कोर सीपीयू र १० कोर जीपीयू हुनेछ । यसले २४ जीबी र्‍याम र २ टेराबाईटसम्मको स्टोरेज सपोर्ट गर्नेछ ।