कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा ग्रन्थ ईभीले भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा ग्रन्थ ईभीले भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने

ग्रन्थ इलेक्ट्रिक भेहिकलले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने भएको छ ।

केन्द्रको सहयोगमा उक्त स्कुटरमा नेपालमै निर्माण भएका पार्टपूर्जा प्रयोग गर्ने र नेपालमा नपाइने पार्टपुर्जा बाहिरबाट ल्याउने कम्पनीको भनाइ छ ।

अहिलेलाई नेपालमै बनेको कन्ट्रोलर, ब्याट्री बीएमएस, इन्डिकेटर, वाइरिङ राख्ने गरी आविष्कार केन्द्रबाट सहयोग लिने ग्रन्थ ईभीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले  बताए ।

सुरुमा २ वटा स्कुटरमा नेपालमै बनेका सामान प्रयोग गरी छलफल भएको छ । साथै ग्रन्थ ईभीले बिक्री भएका प्रत्येक स्कुटरबाट ५ सय रूपैयाँ आविष्कार केन्द्रलाई दान गर्ने समेत जनाएको छ ।

करिब ५ करोडको लगानीमा ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल उद्योग स्थापना गर्दैछ ।

१० हजार स्क्वायर फिट अनुमानित जग्गामा स्थापना हुने उद्योगको निर्माणको काम वैशाख-जेठमा सकिने छ । उक्त एसेम्बलबाट पहिलो चरणमा दुई पाङ्ग्रे स्कुटर एसेम्बल गरिनेछ । त्यसपछि चारपाङ्ग्रे गाडी एसेम्बल गर्ने कम्पनीको योजना छ ।


यो पनि पढ्नुहोस्ः करिब ५ करोडको लगानीमा भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुँदै