कीवर्डहरू -

विज्ञापनरहित सब्सिक्रिप्सन फिचर ल्याउने तयारीमा ट्वीटर

विज्ञापनरहित सब्सिक्रिप्सन फिचर ल्याउने तयारीमा ट्वीटर

ट्वीटरले विज्ञापनरहित सब्सिक्रिप्सन फिचरको निर्माणमा काम गरिरेहको खुलेको छ । यो पहिलेको ब्लु सब्सिक्रिप्सन भन्दा अझै महङ्गो हुनेछ ।

एपमा धेरै विज्ञापन भयो भन्ने गुनासो आएपछि मस्कले यो फिचर सार्वजनिक हुन लागेको जानकारी दिएका हुन् । अहिले ट्वीटर ब्लुको ११ डलर सब्सिक्रिप्सन शुल्क तोकिएको छ ।

यसमा करिब ३० प्रतिशत कमिसन एप्पल र गूगलले लिने गर्दछन् । मस्क ट्वीटरको सिइओ भएसँगै ट्वीटरकको आम्दानी अधिक मात्रामा घटेको छ, जसकारण एपले धेरै विज्ञापन लिन थालेको छ । एक वर्ष अघिको तुलनामा आम्दानी ४० प्रतिशतले कम भएको छ ।