कीवर्डहरू -

डिजिटल अर्थतन्त्रको कल्पना गर्दै सुरू भएको इसेवा १५ वर्षमा प्रवेश

डिजिटल अर्थतन्त्रको कल्पना गर्दै सुरू भएको इसेवा १५ वर्षमा प्रवेश

नेपालको पहिलो डिजिटल वालेट इसेवा १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट इसेवा सुरू भएको थियो ।

१४ वर्षको अवधिमा डिजिटल कारोबारका लागि ७० लाख बढीले इसेवा प्रयोग गरिरहेका छन् भने दैनिक ५ लाख बढीको कारोबार भइरहेको छ ।

सन् २००० को सुरूतिर व्यवसायहरु विश्वभर अनलाइनमा गइरहेका थिए, जबकी नेपालमा यसको असर एकदमै कम थियो ।

त्यो समयमा डेबिट क्रेडिट कार्ड मात्रै वैकल्पिक भुक्तानीका माध्यम थिए । त्यसपछि एफ्वान सफ्टले नेपालमा सन् २००६ मा एसएमएस बैंकिङ सेवा सार्वजनिक गर्‍यो । एसएमएस बैंकिङ सेवा ग्राहकले मनपराए ।

सो समयमा नेपालमा मोबाइल फोन, लोकप्रिय र सस्तो हुँदै गईरहेको थियो । कम्पनीले ग्राहकलाई बैंकिङ कारोबारको बारेमा जानकारी दिन र सचेत गराउन प्राथमिक च्यानलको रुपमा एसएमएस प्रयोग गरिरहेको थियो ।

यसले ग्राकहमा एउटा विश्वास र सुरक्षाको वातावरण तयार गर्‍यो । त्यो समयमा कुल जनसंख्याको २० प्रतिशत भन्दा कम जनसंख्यासँग मात्र बैंक खाता रहेको थियो ।

बैंक खाताबाटै धेरै काम गर्न सकिन्छ भन्ने कुरा बुझेपछि नेपालमा मोबाइल वालेट सुरू गर्ने योजना  एफ्वान सफ्ट (इसेवाको प्यारेन्ट कम्पनी) ले बनाएको थियो ।

इसेवा सुरू हुँदा नेपालका केही कम्पनीहरू अनलाइनमा जान प्रयास गरिरहेका थिए । जब ईसेवा सुरू भयो त्यो समयमा नेपालमा इन्टरनेट पेनिटेरेसन एकदमै कम थियो भने बैंकिङ सेवा पनि सिमित मात्रामा थियो ।

यस्तो अवस्थामा ईसेवाले ईकमर्स व्यवसाय ग्रोका लागि अनलाइन पेमेन्ट मेकानिजम प्रदान गरेर महत्वपूर्ण भूमिका खेलेको थियो ।

त्यसपछि ईसेवाले पेमेन्ट गेटवे महसुस गर्‍यो र वेब तथा मोबाइलमा आधारित एप्लिकेसन ईसेवाको विकास गर्‍यो ।
नेपालमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न ईसेवाको ठूलो भूमिका रहेको छ । जुन बेला नेपालमा नेपालमा डिजिटल भुक्तानीको बारेमा सायद कमैलाई मात्र थाहा थियो, त्यसबेला ईसेवाको शुरु भएको थियो ।

१४ वर्षको यात्रामा इसेवाले धेरै आरोह अवरोह पार गरेको छ । ४ जनाबाट सुरू भएको इसेवामा अहिले ३९० बढीले रोजगारी पाएका छन् ।

इसेवामा अहिले ५० बैंक, ४८३ सहकारी र ३७ लघुवित्त आवद्ध भएका छन् । देशभर इसेवाका १ लाख ३० हजार बढी एजेन्ट रहेका छन् भने ४ लाख बढी मर्चेन्ट आवद्ध छन् ।

यो पनि पढ्नुहोस्ः १४ औं वार्षिकोत्सवमा इसेवाको अफरै अफर, यसरी लिनुहोस् फाइदा