कीवर्डहरू -

केही हप्तामा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने

केही हप्तामा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने

आगामी हप्ताहरुमा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने भएका छन् । फेसबुकले दुई वर्षका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको थियो । फेसबुकले सन् २०२३ मा मात्रै ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा आफ्नो अकाउन्ट पुनः चलाउन दिने भएको छ ।

सार्वजनिक सुरक्षामा अझै पनि डर देखेमा अझै लामो समय निलम्बन गरिदिने पनि कम्पनीले जनाएको छ । ट्रम्पले एप चलाउन थालेपछि पुनः कन्टेन्ट मोडरेसन नियमहरुको उल्लघंन गरेमा अझै बढि प्रतिबन्धहरु लगाईदिने पनि कम्पनीले बताएको छ ।
यो दुई वर्षीय निलम्बनले ट्रम्पले आफ्नो फलोअरहरका लागि केही पनि पोस्ट गर्नबाट प्रतिबन्धित गरिएको थियो ।