कीवर्डहरू -

एप्पल पेमा नयाँ सुविधा, अब विना ब्याज एक हजार डलरसम्म ऋण लिन सकिने

एप्पल पेमा नयाँ सुविधा, अब विना ब्याज एक हजार डलरसम्म ऋण लिन सकिने

एप्पलले ‘एप्पल पे लेटर’ सेवा सुरू गरेको छ  । यस अन्तर्गत एप्पलको डिजिटल वालेट एप्पल पेबाट ५० देखि १ हजार डलरसम्म ऋण लिन सकिने छ ।

उक्त ऋण एप्पल पेबाट भुक्तानी गर्दा प्रयोग गर्न सकिन्छ । मंगलबार अमेरिकामा सार्वजनिक भएको एप्पले पे लेटर सुविधा अन्य देशमा पनि विस्तार हुने बताइएको छ ।

लिइएको ऋण प्रयोगकर्ताले ६ हप्तामा ४ पटक गरी तिर्न सक्ने छन् । ऋण लिँदा कुनै पनि ब्याज र छुट्टै शुल्क तिर्नु पर्ने छैन् ।

अहिलेलाई यो सुविधा निश्चित प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ । आईओएस १६.४ र आईप्याड ओएस १६.४ मा यो सुविधा उपलब्छ छ । वालेट प्रयोगकर्ताले एकैठाउँबाट ऋण हेर्न, ट्रयाक गर्न र व्यवस्थापन गर्न सक्नेछन् ।

एप्पल पे लेटरबाट वालेट प्रयोगकर्ताले ऋणमा बाँकी रहेको रकम  र ३० दिनमा भर्नुपर्ने रकम सबैको रेकर्ड सजिलै सँग हेर्न सक्ने छन् ।

प्रयोगकर्ताले वालेटको क्यालेन्डरबाट बाँकी रकम ट्रयाक र भुक्तानी गर्न मिल्ने जनाइएको छ । भुक्तानी गर्ने मिति नजिक आउँदा सो व्यक्तिले वालेट र ईमेलमा सूचना समेत प्राप्त गर्नेछन् ।

ऋणको जीम्मेवारी एप्पल फाइनान्सिङ एलएलसीले लिएको छ, जुन एप्पलको सहायक कम्पनी हो । वालेटबाट लिएको ऋण कम्पनीले अमेरिकाको क्रेडिट ब्यूरोलाई रिपोर्ट गर्नेछ ।