कीवर्डहरू -

एआईका कारण ३०० मिलियन रोजगारी धरापमा

एआईका कारण ३०० मिलियन रोजगारी धरापमा

जेनरेटिभ एआईले ३०० मिलियन रोजगारीलाई धरापमा पारेको छ । गोल्डम्यान स्याक्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार जेनरेटिभ एआइले ३०० मिलियन रोजगारीलाई प्रभाव पार्ने भएको छ ।

सबैभन्दा बढि प्रभाव श्रम बजारमा पर्ने देखिएको छ । अमेरिकाको दुई तिहाई रोजगारीहरु एआईले खोस्ने जनाइएको छ । अमेरिकोको पूर्ण रोजगारीको ७ प्रतिशत रोजगारी एआइले ओगटने स्याकम्यानले आशङ्का गरेको छ ।

६३ प्रतिशतमा भने एआईले कर्मचारीलाई सहज बनाउनलाई प्रयोग गरिने र ३० प्रतिशत रोजगार भने एआइको बढ्दो विकासले पनि प्रभावित नहुने रिपोर्टमा उल्लेख छ ।

एआइले वस्तु तथा सेवाको भ्यालु पनि ७ प्रतिशतले बढाउने उनको रिपोर्टमा उल्लेख गरिएको छ । च्याटजीपीटीको उल्लेखनीय रुपमा सफलता पछि एआईको विकासमा थप प्रयत्न गर्न थालिएको छ ।

अमेरिकामा कार्यालय र प्रशासनिक समर्थन पदहरू कार्य प्रतिस्थापनको सबैभन्दा ठूलो जोखिममा रहेका छन् । यी पदहरको ४६ प्रतिशत एआईले प्रतिस्थापन गर्नेछ ।

त्यस्तै कानूनी पदहरुमा ४४ प्रतिशत र आर्किटेक्चर र इन्जिनियरिङमा ३७ प्रतिशत एआइले प्रतिस्थापन गर्ने सम्भावना रहेको छ ।