कीवर्डहरू -

यी कम्पनीले घर घरमा पुर्‍याउँदै छन् ताजा तरकारी

यी कम्पनीले घर घरमा पुर्‍याउँदै छन् ताजा तरकारी

कोरोना भाइरसको संक्रमण कम गर्न यतिबेला नेपाल सरकारले देश लकडाउन गरेको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द छन् ।

यो लकडाउनको समयमा ताजा तरकारी, फलफुल, माछामासु, दुध, दही लगायतका सामग्री अनलाइनबाटै अर्डर गरेर घरमै मगाउन सकिने छ ।

फुडमाण्डु, ग्रिनग्रोथ, काठमाडौं अर्गानिक, खेति फुड, तथा ले शेर्पा डेलिभरी लगायतका कम्पनीले अर्डर अनुसारको सामान घरमै ल्याइदिने छन् ।

जसमा फुडमाण्डुको लागि वेबसाइट र मोबाइल एपबाट अर्डर गर्न सकिने छ । भने ग्रीन ग्रोथको लागि वेबसाइटबाट अनलाइन अर्डर गर्न सकिने छ ।

त्यस्तै काठमाडौं अर्गानिकको लागि वेबसाइट तथा ०१४४४०१३० मा सम्पर्क गर्न सकिने छ । त्यसैगरी खेतिफुडको वेबसाइट तथा मोबाइल एपबाट अर्डर गर्न सकिने छ ।  भने ले शेर्पाको वेबसाइटबाट समेत अर्डर गर्न सकिने छ ।

\"\"