मंगलबार, ९ कार्तिक, २०७८
Tuesday, 26 October, 2021

यसरी गर्न सकिन्छ शिक्षामा प्रविधिको प्रयोग

अनलाइन एजुकेशनका टुल्स

 

बिश्वलाइ बेग्लै अनि नया दिशामा मोडन बाध्य बनाएको कोरोना भाइरसको महामारीले सम्पूर्ण जगतमा अहिले सम्मको ठुलो चर्चाको बिषय बन्न पुग्यो । लकडाउन संगै सामाजिक  दुरी अनि सबै आ-आफ्नै ठाउँमा थुनिएर बस्नु पर्ने बाध्यतालाइ प्रबिधिको पहुचले डिजिटल संसारमा पुरै विश्वलाइ एक कुनामा बस्ने युजरले अर्को कुनामा बस्ने युजर संग अनलाइन मार्फत कुराकानी गर्ने, भिडियो कॉन्फ्रेन्सिंग गर्ने, अनलाइन मार्फत खाद्यान्न सामग्री अर्डर गर्ने, अनलाइन बैंकिंग हुदै अनलाइन मार्फत  कक्षा संचालन गर्न थालियो ।

अनलाइन क्लास, अनलाइन एजुकेशन आदि विभिन्न नाम दिदै शैक्षिक संस्थाहरुले यसलाई परिमार्जित रुपमा अङ्गीकार गर्दै लागेको पाइयो । समग्रमा भन्दा अनलाइन शिक्षा हिजोको दिनमै संचलान गर्नु पर्ने बिषय थियो तर बाध्यताले गर्दा प्राथमिकता अहिले मात्र पायो ।

गुगल क्लास रुम, माइक्रोसफ्ट एजुकेशन, मुडल आदि जस्ता सफटवेयर मार्फत ब्राउजर वा कुनै सम्बन्दित सिस्टमबाट क्लास संचालन गर्न सकिन्छ ।

थोरै मात्र वा भनौ गनिने चुनिने शैक्षिक संस्थाहरुले मात्र अनलाइन शिक्षालाई प्रयोग गरिरहेका थिए ।  स्मरण रहोस, स्कुल कलेज अनि विभिन्न शैक्षिक संस्थाहरुले सफटवेयरको प्रयोग बर्षौ देखि गर्दै आए पनि अनलाइन शिक्षाले तेती प्राथमिकता भने पाएको थिएन ।

अनलाइन क्लास र भिडियोबाट गरिने भिडियो कॉन्फ्रेन्सिंगमा फरक भने ठुलै छ । जुम, ईस्काईप, गुगल मिटबाट या अन्य कुनै मध्यम बाट गरिने भिडियो कॉन्फ्रेन्सिंग क्लास खासैमा अनलाइन क्लास भने हैन । त्यो एउटा बिसुद्द भिडियोबाट गरिएको कॉन्फ्रेन्सिंग मात्र हो । अनलाइन क्लासमा कोर्स बनाउने, ग्रेडिंग गर्ने, मार्क्स दिने, बिद्यार्थीलाइ क्लासमा समायोजन गर्ने, बिद्यार्थीको अविभावकलाइ समेत समेटेर बिद्यार्थीले त्यो क्लासमा के कस्तो उपलब्धि हासिल गर्दै गरेको भनेर प्रस्ट हेर्न सकिन्छ ।

गुगल क्लास रुम, माइक्रोसफ्ट एजुकेशन, मुडल आदि जस्ता सफटवेयर मार्फत ब्राउजर वा कुनै सम्बन्दित सिस्टमबाट क्लास संचालन गर्न सकिन्छ । प्रबिधिको सहि प्रयोगले भविष्यमा आउने चुनौतीहरुलाइ पनि सामना गर्न मदद पुर्याउछ । अहिलेको समस्या भनेको अनलाइन क्लास मात्र हो तर भोलिको दिनमा डेटा भण्डारण, सेक्युरिटी, बिग डेटा म्यानेजमेन्ट आदि जस्तै विभिन्न समस्याहरु आउन सक्छन ।  

सुचना प्रबिधि अनि प्रबिधि सम्पूर्ण कुरामा अग्रगामी रुपमा प्रयोगमा आउने भएकोले गर्दा प्रत्येक संस्था चाहे त्यो स्कुल कलेज वा अन्य जुन सुकै संस्था होस् तेस्तो संस्थाले जानकार र बिज्ञ सुचना प्रबिधि परामर्श दाताको निगरानीमा यस्ता काम गराउदा प्रबिधिको सहि प्रयोग गर्न सकिन्छ । अनलाइनमा विभिन्न यस्ता निशुल्क रुपमा पाउने तथा किन्नै पर्ने सफटवेयरहरु हुन्छन । जुन आवश्यकता अनुसार निशुल्क अनि केहि मासिक वा बार्षिक रकम तिरेर प्रयोगमा ल्याउन सकिन्छ ।

एउटा प्रबिधि अनि अर्को त्यसको प्रयोग । प्रविधिलाई प्रयोग गर्दै लैजाने हो भने अवश्य नै विकास हुन्छ । सफटवेयर कुनै जटिल कुरा नभइ कुनै पनि जटिल कुराहरुलाई सरल बनाउन प्रोग्रामिंग गरि बनाइएको एउटा एप्लिकेशन हो ।

यस्ता विभिन्न किसिमका प्रबिधिको ज्ञान भएमा मात्र वर्तमान परिस्थितिमा अनि भविश्यमा आउने समस्याबाट समाधान पाउन सकिन्छ । नत्र आज भिडियो कॉन्फ्रेन्सिंगलाई मात्र अनलाइन क्लास मान्ने हो भने आज नै जान्नु पर्ने अनि जानकारी लिनु पर्ने अनलाइन क्लासका सम्पूर्ण कुराहरु भोलिको दिनमा मात्र सिक्नु पर्ने हुन्छ जुन कुरालाई आजनै प्रयोगमा लिएर आउनु पर्ने हो ।

आजकाल प्रबिधिको प्रयोग प्राय जस्तो जुनैसुकै ठाउँमा भएको पाइन्छ । कम्प्युटरले धेरै कुराहरुलाई सजिलो बनाइदिएको छ । धेरै अगाडी ८/९/१० क्लासमा मात्र पुग्दा कम्प्युटर पढाई हुनेमा आजकल सानो क्लास देखिनै कम्प्युटर बिषय राखिएको हुन्छ । विकास र बिस्तारका दुईवटा पाटाहरु हुन्छन । एउटा प्रबिधि अनि अर्को त्यसको प्रयोग । प्रविधिलाई प्रयोग गर्दै लैजाने हो भने अवश्य नै विकास हुन्छ । सफटवेयर कुनै जटिल कुरा नभइ कुनै पनि जटिल कुराहरुलाई सरल बनाउन प्रोग्रामिंग गरि बनाइएको एउटा एप्लिकेशन हो । सफटवेयर लाई बिभिन्न ३ रुपमा परिभाषित गर्न सकिन्छ ।

एउटा डेस्कटप सफटवेयर, अर्को वेब बेस्ड सफटवेयर र अर्को मोबाईल एप्स बेस्ड सफटवेयर । जुन आफ्नो आवश्यकता अनुसार चलाउन सहज हुन्छा त्यसरी नै उपयोग गर्नु पर्छ । शिक्षामा पनि प्रबिधिको प्रयोग अनिवार्य रुपमा गर्नु पर्दछ, जसले गर्दा शैक्षिक संस्थाहरुलाई म्यानेज गर्न सजिलो हुन्छ । शैक्षिक संस्थामा बिभिन्न किसिमका प्रबिधिका कुराहरु कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराहरु तल उल्लेख गरिएको छ ।

वेबसाइट : शैक्षिक संस्थाको सम्पूर्ण जानकारी, जस्तै संस्थाको जानकारी, ठेगाना फोटोहरु, लोकेसन म्याप, प्रिन्सिपलको भनाइ, पास आउट स्टुडेन्टहरुको विवरण अनि बेला बेलामा नोटिस, न्युज वेबसाइटमा रिजल्टहरु राख्न सकिन्छ । संस्थाको गतिबिधि, जानकारी सुचनालाइ अडियो भिजुअल तरिकाबाट प्रस्तुत गर्न सकिन्छ ।

अनलाइन क्लास : अनलाइन मार्फत कोर्स, क्लास, हाजिर गर्ने, नोट बनाउने, शिक्षक र बिद्यार्थी बीचमा भनेको संचार आदि सबै अनलाइन मार्फत सबै कुराहरुलाइ डिजिटल तरिकाबाट हेर्न र त्यस क्रियाकलापको संछिप्त विवरण राख्ने प्रक्रियालाइ अनलाइन क्लास भनिन्छ । जसले ग्रेडिंग गर्ने, क्लासको तालिका मिलाउने देखि लिएर, क्यालेन्डर मिलाउने, सबैलाइ एकैसाथ सुचित गर्ने काम गर्दछ । भिडियो कॉन्फ्रेंसिंग पनि येही भित्र पर्दछ ।  

न्युज लेटर : शैक्षिक संस्थाको अभिभावकहरु साथै विद्यार्थीहरुलाई एकैसाथ इमेल गर्ने गर्दा संस्थाको आन्तरिक जानकारीहरु सजिलैसँग इमेलमानै पठाउन सकिन्छ । न्युज लेटर पठाउने फरक किसिमको तरिका हुन्छ, जसले कसले कसले इमेल हेर्नुभयो, कहाँबाट हेर्नुभयो, कुन लिंक क्लिक् गर्नु भयो कसले हेर्नुभयो  भएन भन्ने कुराको जानकारी दिन्छ । मेलचिम्प, मेल जेट आदि यसका उदाहरहण हरु हुन् ।

बल्क एस् यम एस् : बल्क एस् यम एस् भन्नाले एकैसाथ धेरै जनालाई एस् यम एस् गर्ने प्रक्रिया हो । अनलाईनको माध्यमबाट यस्तो म्यासेजहरु गर्न सकिन्छ । ५ डिजिटको नम्बर भएको वा कुनै सेन्डर आइडी राखि यस्ता एस् यम एस् गर्न सकिन्छ । एस् यम एस् ले कुनै पनि सूचनालाई छिटो पुर्याउने भएकोले आजकल यो धेरैनै प्रभावकारी भएको छ ।  

सफटवेयर : स्कुल/कलेजहरुमा भएको विद्यार्थीहरुको जानकारी, फीको बारेमा डीटेल्स, पेरोल्स, एकाउन्ट्स, होस्टल, ट्रान्सपोर्टटेसन, एडमिसन, एटेनडेन्सहरुको सम्पूर्ण विवरण सफटवेयरमा राख्न सकिन्छ । जसले गर्दा पुरानो भन्दा पुरानो डाटाहरु हेर्न सकिन्छ साथै कुनैपनि डीटेल्स सजिलै एकछिनमा खोज्न सकिन्छ । माषिक आम्दानि विवरणहरु हेर्न सकिन्छ भने, कुन कुन कुरामा के खर्च भएको छ त्यो हेर्न सकिन्छ ।

सोसिअल मीडिया : शैक्षिक संस्थाहरुले आफ्नो जानकारी फोटोहरु, कुनै पनि इवेंट्सहरुको जानकारी सोसिअल मीडियाहरु जस्तै फेसबुक, ट्वीटर, युट्युब, स्ल्याइड सेयर स्क्रिबडहरुमा आफ्नो जानकारी, उपयोगी बिषय बस्तुहरु राखि विद्यार्थी तथा अरुलाई देखाउन सकिन्छ, जसले गर्दा संस्थाको छवि उच्च हुन जान्छ ।

सर्वेइल्लन्सि सिस्टम : शैक्षिक संस्थाहरुले क्लासरुम, प्लेग्राउन्ड, अफिस आदि जस्ता विभिन्न ठाउँहरुलाई सिधै सिसिटिभी क्यामेरा मार्फत निगरानी गर्दा कुन ठाउमा केके भइरहेकोछ भन्ने कुराहरु प्रत्यक्ष प्रसारण मार्फत देख्न सकिन्छ ।

कल जामर : शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुले मोबाईल चलाउने महत्वपूर्ण समयलाई खेर फाल्ने हुन सक्छ । तेस्तो कुरालाई नियन्त्रण गर्नको लागि कल जामर वा सेल फोन जामर डिभाइस राख्न सकिन्छ । जसले मोबाईल फोनको नेटवोर्कहरुलाई जाम गर्ने गर्दछ, यसले जी यस यम सिग्नललाइ मात्र अबरोध पुर्याउछ तर ल्याण्डलाइन फोनलाई भने कुनै असर गर्दैन ।

इ- लाईब्रेरी - इ - लाईब्रेरीको अवधारणा धेरै अघि देखि आइ रहेको छ । यसले विद्यार्थीको पठन पाठनलाई धेरै सजिलो बनाउने गर्दछ । प्रिन्ट गरिएको पुस्तक एकजनाले पढ्न थालेपछि अर्को विद्यार्थीले पढ्न न पाउनेहुन्छ भने इ- लाईब्रेरीमा भएको कुनै एक पुस्तकलाई १०० जना बिद्यार्थी को पहुँचमा पुर्याउन सकिन्छ, साथै कपि गर्ने, डाउनलोअड गर्ने वा प्रिन्टनै गर्न पनि कुनै किसिमको गाह्रो हुदैन ।

इ -एटेनडेन्स : इलक्ट्रोनिक एटेनडेन्स सिस्टम आजकाल धेरै जसो ठाउँमा देख्न सकिन्छ । यस्तो एटेनडेन्सगर्ने सिस्टम प्राय ३ किसिमको हुन्छ । पुरानो किसिममा कार्ड स्वाइप गर्ने वा कार्ड देखाउने सिस्टम हुन्छ । अहिले चलन चल्तीमा आएको थम्ब रिडर अनि केहि ठाउँले फिंगर प्रिन्ट रिड गर्दछ, भने रेटिना स्क्यानरले आखाको रेटिनालाई स्क्यान गरेर एटेनडेन्स लिने गर्दछ । समयको माग संगै प्रबिधिलाई अँगाल्दै जानु पर्दछ, प्रबिधिले बिकासमा सहयोग गर्दछ ।

[email protected]
लेखक परिचय : प्रकाश उप्रेती सुचना प्रविधिका बिद्यार्थी हुन् । उनि बिगत सन २००३ देखि सुचना प्रबिधिको छेत्रमा कार्यरत छन् ।

सम्बन्धित समाचार