कीवर्डहरू -

फिनटेक क्षेत्रमा भरपर्दो  “फाइनान्सीयल नोटिसेस्”

फिनटेक क्षेत्रमा भरपर्दो  “फाइनान्सीयल नोटिसेस्”

“फाइनान्सीयल नोटिसेस्” आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय चेतना प्रभाव गर्दै आधुनीक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपाल कै पोहिलो र एकमात्र वित्तीय सूचनामुलक नोटिस पोर्टल हो ।


आजभन्दा ४ वर्ष अगाडी अर्थात २०१६ मा ट्रिउम्फ मिडियाका संस्थापक प्रकाश अर्यालले बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गर्ने सूचनाहरुलाई डिजिटल माध्यममा व्यवस्थीत र प्रभावकारी तवरले सूचना प्रवाह गर्ने सोच राखे । र ग्रामीण तथा सहरी दुवै क्षेत्रका मानिसहरूलाई बैंक र वित्तीय संस्थाका गतिविधिबारे जानकारी गराउँदै वित्तीय रुपमा साक्षर र शिक्षित गराउने उद्देश्य अनुरुप “फाइनान्सीयल नोटिसेस्” को परिकल्पना गरे ।


म्यानेजमेन्ट संकायमा स्नाकोत्तर गरे संगै करिब ७ वर्ष प्रविधि र विज्ञापन क्षेत्रकोे अनुभव बटुलेका अर्यालले आफ्नो काम र अध्यायनलाई एकै व्यवसायमा जोड्ने क्रममा “फाइनान्सीयल नोटिसेस्” ट्रिउम्फ मिडियाको एउटा प्रोडक्टका रूपमा सुरुवात गर्ने सोच बनाए । र आफ्नो टिम सहित वित्तीय बाजारको समस्याको खोज र अनुसन्धानमा लागे ।
सूचना र महत्वपूर्ण आर्थिक गतिविधिको माध्यमबाट ग्रामिण र सहरी दुवै क्षेत्रका आम मानिसहरुलाई बैंकिङ पहुँचमा ल्याउनको लागि बैंकिङ्ग चेतना, वित्तीय साक्षरता, जोखिम न्यूनीकरण गर्न, वित्तीय सेवा सुविधाको छनोट गर्न, पारिवारिक बजेट बनाउन, बचत, लगानी र वित्तीय संस्थाका सेवा सुविधाबारे जानकार गराउन, आर्थिक समृद्धिको योजनाहरूलाई लक्ष्यसम्म पुर्याउन सहजता हुने बैंक तथा वित्तीय संस्थाका बारेमा सम्पूर्ण जानकारी समावेस हुने गरी “फाइनान्सीयल नोटिसेस्” को काम अगाडी बढाएको अर्यालले बताए ।

ग्रामीण तथा सहरी दुवै क्षेत्रका मानिसहरूलाई बैंक र वित्तीय संस्थाका गतिविधिबारे जानकारी गराउँदै वित्तीय रुपमा साक्षर र शिक्षित गराउने उद्देश्य अनुरुप “फाइनान्सीयल नोटिसेस्” को परिकल्पना गरे ।


आफ्नै कन्सेप्ट, आफैंले डिजाइन र डेभलपमेन्टको काम गर्ने भएकाले करिब एक वर्षमा नै संचालक अर्यालले वेभ पेजको सम्पूर्ण तयारी पुरा गरे र सिनियर सस्फट्वर इन्जीनियर पुष्पेन्द्र खड्का लगाएत कम्पनीका अन्य साथिहरुको सहयोगमा कम्पनीले सन् २०१७ मा वित्तीय संस्थाहरुले विभिन्न माध्यममा प्रकाशित गर्ने सूचना तथा जानकारीहरुलाई एउटै अनलाइनबाट जानकारी दिने उद्देश्यलका साथ आफ्नो वेव भर्सन “फाईनान्सीयल नोटिसेस्” सार्वजनिक ग¥यो ।


ग्राहक वा प्रयोगकर्ताहरुले आफुले चाहेको बैंक तथा वित्तीय संस्थाहरुको सूचना तथा जानकारीहरु सहजै उपलब्ध हुने, सम्बन्धीत वित्तीय संस्थाका वेव पोर्टलहरु भिजिट गर्नु नपर्ने, सूचनाहरु फाईलिङ गरेर राख्नु नपर्ने र ब्यस्त समयको बचत हुने र पत्र–पत्रीका नै नपुग्ने देशका विभिन्न विकट ठाउँहरुमा समेत प्रभावकारी आर्थिक सूचनाको स्रोत हुने र विभिन्न वित्तीय अवसरहरुबाट समयमै लाभ लिनको लागि फाइनेन्सियल नोटिसेस्ले सहयोग पु¥याउने गरेको छ । यसले वित्तीय संस्थाहरुलाई ग्राहकहरुसँग दीगो सम्बन्ध स्थापीत गर्न, वित्तीय साक्षरता प्रदान गर्न, सामाजिक दायित्व बढाउन र संस्थाको प्रवद्र्धनात्मक योजनाहरुलाई प्रभावकारीे रुपमा सघाउ पु¥याउने गरेको संचालक अर्याले बताए ।

छोटो समयमै नेपाली वित्तीय बजारमा लोकप्रिय बन्दै गएको “फाइनान्सीयल नोटिसेस्” बाट आफुले कारोबार गर्ने वा जानकारी लिन चाहेको बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण सूचना, महत्वपूर्ण आर्थिक जानकारीहरु, नयाँ योजना, आगामी कार्यक्रमहरु, शाखा संजाल, एटिएम रहेको ठाउँ, ब्याजदर, ऋणको अवधि, सेवा शुल्क, बैंकीङ्ग सेवा समय, सेयर बजार, रोजगारी, वित्तीय विवरण, ई–बैंकिङ सेवा÷सुविधा लगाएत सम्पूर्ण आर्थिक गतिविधिको जनाकारी लिन सकिन्छ । साथै आफ्नो दैनिक रुपमा हुने खर्च र आम्दानीको विवरण राख्न र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन वा कर्जा सापटीको लेखा राख्न सकिने सुविधा पनि एउटै मोबाईल एप्सबाट प्राप्त गर्न सकिन्छ ।

\"\"

एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सूचनाहरुलाई करियर, टेण्ड, शेयर,  व्याजदर, क्रैमासिक विवरण, कर्जा भुक्तानी, महत्वपूर्ण सूचना, मिटिङ  र लेटेष्ट नोटिसेस  भनेर छुट्टाछट्टुै आवश्यकता अनुरुप हर्न मिल्ने व्यवस्था गरिएको छ ।

एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सूचनाहरुलाई करियर, टेण्ड, शेयर,  व्याजदर, क्रैमासिक विवरण, कर्जा भुक्तानी, महत्वपूर्ण सूचना, मिटिङ  र लेटेष्ट नोटिसेस  भनेर छुट्टाछट्टुै आवश्यकता अनुरुप हर्न मिल्ने व्यवस्था गरिएको छ । साथै विभिन्न आर्थिक वेव पोर्टलमा प्रकाशित बैंक तथा वित्तीय संस्थासँग सम्बन्धीत ताजा आर्थिक समाचारहरुलाई पनि Financial News, Share Bazar News, Financial Literacy, Fintech News Videos Category मा विभाजन गरि छुट्टाछुट्टै रुपमा हेर्न सकिने व्यवस्था गरीएको छ । जसबाट बैंक, वित्त, बीमा र पूँजि बजारको सम्पूर्ण आर्थिक गतिविधि, लगानीको अवसर, सम्भावना र चुनौती, समग्र अर्थतन्त्रको अवस्था, सरकारको नीति, नेपाल र विश्व अर्थ जगतको जानकारी लगाएतको सम्पूर्ण आर्थिक जानकारी लिन सकिन्छ ।


गुगल प्लेस्टोर र एप्स स्टोर दुवैमा उपलब्ध “फाइनान्सीयल नोटिसेस्” मा तपाईलाई आवश्यक पर्ने बैंक तथा वित्तीय संस्थाको सूचनामात्र फिल्टर गरेर हेर्न, महत्वपूर्ण लागेको सूचनाहरुलाई Favorite गरेर राख्न, Social media मार्फत share  गर्न, Direct Data बाट Notice Search गर्न र वित्तीय संस्थाहरुको मुख्य कार्यालय, शाखा संजाल, ATM Locations, Banking Hours र ताजा आर्थिक समाचार छुट्टाछट्टुै रुपमा हेर्न सकिने सुविधा रहेको छ ।

एप्सको अन्य महत्वपूर्ण विषेशता अन्तर्गत My Finance Tracker मा दैनिक रुपमा खर्च र आम्दानीको विवरण राख्न सकिने सुविधा र CreditTracker मा व्यक्तिगत वा संस्थागत दैनिक लेनदेन वा कर्जा सापटीको लेखा राख्ने सुविधा रहेको छ । त्यस्तै यसै एप्सबाट शेयर बजार मुल्यको जानकारी, शेयर IPO/FPO को रिर्जट हेर्न, आर्थिक राशिफल हेर्न, Foreign Exchange Rates (Forex), Gold/Silver Rates को जनाकारी लिन र EMI Calclator, PAN No. Search, Mero Share Login, Daily Note राख्ने सुविधाहरुको प्रयोग गर्न सकिन्छ ।


सुरुवाती चरण देखि अहिलेसम्म कम्पनी निरन्तर खोज, अनुसन्धान र प्रयोगकर्ताहरुको फिडब्याक अनुरुप यस एप्सलाई व्यवस्थीत बनाउने कार्यमा निरन्तर लागि रहेको छ । कम्पनीले तयार गरेको महत्वपूर्ण फिचरहरु मध्य ४० प्रतिशत यस “फाइनान्सीयल नोटिसेस” मा प्रयोग गरि सकिएको र बाँकी केही फिचर टेस्टीङ्गको क्रममा रहेको र ती फिचरहरु आगामी दिनहरुमा आवश्यकता अनुरुप एप्समा उपलब्ध गराउँदै लैजाने कम्पनीले जनाएको छ ।


यस अवधिमा फाइनान्सीयल नोटिसेस् सरकारी बैंक, वाणिज्य बैंकहरु र विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, इन्स्योरेन्स र मर्चेन्ट बैंक गरी १४० भन्दा बढी बैंक तथा वित्तीय संस्थासँग सहकार्यमा रहेको कम्पनीले जनाकारी दिएको छ । नेपाली वित्तीय बजारमा वित्तीय सूचनामूलक एप्सको रुपमा अत्याधिक मात्रामा सबैको रुचाईको विषय बन्दै गरेको “फाईनान्सीयल नोटिसेस” निकट भविष्यमा अन्तर्राष्ट्रियरुपमा जानको लागि गृहकार्यमा रहेको संचालक अर्यालले बताए ।