कीवर्डहरू -

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा फर्म रजिष्ट्रेसन तथा नवीकरण अब अनलाइनबाटै

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा फर्म रजिष्ट्रेसन तथा नवीकरण अब अनलाइनबाटै

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा फर्म रजिष्ट्रेसन तथा नवीकरण अब अनलाइनबाटै गर्न सकिने भएको छ । साउन २१ गतेदेखि अनलाइन प्रणालीको प्रारम्भ गरेको हो ।

पहिलो दिन नै ८ वटा व्यापारिक फर्मले अनलाइनमार्फत फर्म रजिष्ट्रेसन र नवीकरणका लागि आवेदन दिएका छन् । प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नविकरण, संशोधन र खारेजीका लागि विभागको वेबसाइट मा गई अनलाइन फर्म दर्ता भन्ने लिङ्कमा गएर निवेदन दिन र आवश्यक कागजात पेश गर्न सकिने छ ।

\"\"

अनलाइन मार्फत सुरक्षित ढंगले सेवा लिने विकल्पलाई बढाउँदै लैजानका लागि प्रयोगकर्ताको म्यानुअललाई भिजुअलसहित तयार गर्ने र अन्य सुधारहरु गर्दै लगिने विभागले बताएको छ ।

साथै अनलाइन सेवा प्रवाह सहजीकरणको लागि विभागबाट जारी गरिएको युजर म्यानुअल वेबसाइटमा गएर हेर्न सकिने छ ।