कीवर्डहरू -

ग्यापु मार्केटप्लेस र सिभिल मलबीच सम्झौता, मलका सामान अब ग्यापुबाटै खरिद गर्न सकिने

ग्यापु मार्केटप्लेस र सिभिल मलबीच सम्झौता, मलका सामान अब ग्यापुबाटै खरिद गर्न सकिने

ई-कमर्श कम्पनी ग्यापु मार्केटप्लेसले सिभिल मलसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै सिभिल मलका सामान अनलाइन मार्फत ग्यापुबाट खरिद गर्न सकिने छ ।

अब भर्चुअल सिभिल मल ग्यापु मार्केटप्लेसमा उपलब्ध हुनेछ । सिभिल मलका भएका १५० भन्दा बढी पसलका सामानहरु ग्यापु डटकमबाट किन्न सकिने छ । यसमा चारलाख भन्दा बढी एसकेयु (भण्डारण इकाई) उपलब्ध हुने जनाइएको छ ।

अनलाइन मार्फत खरिद गर्दा ईसेवा, फोनपे, प्रभु पे, आइएमई पे, सेल पे, कनेक्ट आईपीएस तथा देश विदेशका बैंकका कार्डबाट रकम भुक्तानी गर्न सकिने छ ।

लकडाउनपछि सिभिल मलका पसलहरुमा ६० प्रतिशतसम्म छुट दिइएको छ । यो छुट ग्यापू मार्फत खरिद गर्दापनि पाउन सकिने छ । सिभिल मल र ग्यापुबीच २ वर्षको लागि सम्झौता भएको छ ।