कीवर्डहरू -

एनसेलले सुरु गर्‍यो वायर फ्री वाईफाई, यसरी लिनुहोस सेवा

एनसेलले सुरु गर्‍यो वायर फ्री वाईफाई, यसरी लिनुहोस सेवा

एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाईफाई सेवा सुरु गरेको छ । कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलवार देखि सुरु गरेको हो ।

अब उपभोक्ताले आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाईफाई कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्ने छन ।

वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाईफाई सेवा हो । यो प्रविधि अन्तर्गत उपभोक्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्ने छन ।

प्लान अनुसार बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डाटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने यस वायरफ्री प्लस वाईफाई सेवाका विशेषता छन् ।

गत महिना देखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रिबुकिङ लिन सुरु गरेको थियो । ‘वायरलेस प्रविधिमार्फत डाटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन्,’ एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहीत भएका छौं ।

यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोक्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ ।’

वार्षिक प्लानमा मासिक ६९० रुपैयाँको शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लान लिन सक्ने एनसेलले बताएको छ ।

गोल्ड समुह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र ६९० रुपैयाँ (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डाटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डाटा प्राप्त गर्नेछन ।

त्यस्तै प्लाटिनम समुह अन्तर्गत ग्राहकले मासिक मात्र ८६० रुपैयाँ (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डाटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डाटा प्राप्त गर्नेछन ।

डायमण्ड समुह अन्तर्गत ग्राहकले मासिक मात्र ९५० रुपैयाँ (कर बाहेक) शुल्कमा १०० जीबी वायरफ्री प्लस डाटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डाटा प्राप्त गर्नेछन ।

वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५०० रुपैयाँ, २,५०० रुपैयाँ वा ३,५०० रुपैयाँ तिर्नु पर्नेछ ।

४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकलाई यो शुल्क छुट गरिएको छ । ग्राहकले लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पुर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, इण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जाने बताइएको छ ।

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्धेश्य लिएको छ ।

यो सेवाको बारेमा थप जानकारीको लागि एनसेलका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै कम्पनीको वायरफ्री प्लस वाइफाइ पेजमा गएर पनि विस्तृत जानकारी लिनुका साथै बुकिङ गर्न सकिने छ ।