कीवर्डहरू -

व्यावसायिक किसानका लागि मेगा बैंकको ‘मेगा किसान कार्ड’, कृषि उत्पादनका सामान खरिद गर्न सकिने

व्यावसायिक किसानका लागि मेगा बैंकको ‘मेगा किसान कार्ड’, कृषि उत्पादनका सामान खरिद गर्न सकिने

किसानहरुलाई सहज रुपमा बैंकिङ सेवा प्रदान गर्न मेगा बैंकले ‘मेगा किसान कार्ड’ बजारमा ल्याएको छ । बैंकले व्यावसायिक किसानहरुको सम्मान स्वरुप ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो ।

‘हलोदेखि हाइड्रोसम्म’ लाई मन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ ।

मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका सेवा केन्द्रबाट खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

यसको लागि मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता पनि भइसकेको छ । किसानहरुको प्रवर्द्धन गर्दै प्राविधिक सेवा समेत उपलब्ध गराँउदै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।