कीवर्डहरू -

नेटटीभी र वेव टीभीमा के छ त फरक ?

नेटटीभी र वेव टीभीमा के छ त फरक ?

एनआइटीभी स्ट्रीम्ज प्राइभेट लिमिटेड ललितपुरले नेटटीभी सञ्चालित गर्दै आएको छ । यसमा ईन्टरनेट प्रोटोकोल टेलिभिजन र ओभर द टप भन्ने वेभ तथा एप फिचर रहेका छन् । ईन्टरनेट प्रोटोकोल टेलिभिजन भनेको ईन्टरनेटबाट आफूलाई मनपर्ने सबै खालको प्रोगाम हेर्न मिल्ने मल्टिमेडिया प्याकेज हो ।

यसको लागी सेटअप बक्स जडान गनुपर्छ, जसले ईन्टरनेट प्रोटोकोल टेलिभिजन सिग्नल आफटीटीएचको माध्यमले टेलिभिजन प्रोगामहरु देखाउने गर्दछ । यहाँ भर्खरै प्रिमियर भएको प्रोगामहरु पनि हेर्न सकिन्छ । यसमा जडान गरिएको सेटअप बक्सबाट अटो रेकर्डिङ् गरेर छुटेको शो पनि हेर्न सकिन्छ । रेकर्ड गरेको प्रोगाम सात दिन सम्म हेर्न पाइन्छ ।

भिडियो अन डिमान्ड या मूभी अन डिमान्ड फिचरले भने केबलले राखेको प्रोगाम तालिका बाहेकको पनि फिल्महरु हेर्न सकिन्छ । यसमा ग्राहकले धेरै अप्सनबाट छान्न सक्दछन् । नेटटीभीले बहु उपकरणहरुबाट पनि टीभी हेर्न सक्दछन् जस्तै मोबाइल, ल्यापटप, टयाबलेट आदि । नेटटीभीबाट हरेक दिन २४ औ घण्टा निर्बाध सेवा प्राप्त गर्न सकिन्छ । पिक्चर क्वालीटीलाई पनि बादल, वर्षा केहीले बाधा पु¥याउँदैन् ।

यस्तै ओभर द टप भन्ने वेव र एप टीभीलाई ईन्टरनेट टेलिभिजन पनि भनिने गरिन्छ । यसमा अरु टेलिभिजनको जस्तै सबै कार्यक्रम हेर्न सकिन्छ । यसबाट दर्शकले विश्व भरिको सबै प्रोग्राम हेर्न सक्दछन् । यसमा पनि भिडियो अन डिमान्ड भन्ने फिचर पाउन सक्छन र प्रयोगकर्ताले भ्यालु आडेड सर्भिस पनि प्रप्ति गर्न सक्छन् ।

यसमा एचडी च्यानल भएको लाइभ टेलिभिजन हेर्न सकिन्छ । आफूलाई चाहिएको जस्तो सब्सक्रिप्सन पनि प्राप्त गर्न सकिन्छ । यसमा नचाहिने विज्ञापनहरुले पनि दिक्क लगाउँदैनन् । क्याच अप टेलिभिजनको मद्दतले आफ्नो मनपर्ने सो रेकर्ड पनि गर्न सकिन्छ । यूजरले जीमेल र फेसबुकको प्रयोग गरेर आफ्नै क्रेडेनसियल पनि बनाउन सक्दछन् । यस्को १ र ३ महिने प्याकेज हुने गर्दछ । यिनीहरुको लागी खल्ती, ई–सेवा, आईएमई पे, एनसेल, फोन पे आदिबाट पेमेन्ट गर्न सकिन्छ ।