सोमबार, १ कार्तिक, २०७८
Monday, 18 October, 2021

नेपाल एकीकरणको याद गराउने नेपालकै पहिलो गेमिङ एप ‘वार दी कन्क्योर’ 

नेपाली युवाले नेपाल एकीकरणको याद गराउने मोबाइल गेमको विकास गरेका छन् । काठमाडौंको टेक्सास इन्टरनेशनल  कलेजमा बिएससी सीएस आइटी तेस्रो वर्षमा पढ्दै गरेका सुबित ढकालले वार दी कन्क्योर नामक गेम विकास गरेका हुन् । 

यो नेपालको पहिलो यस्तो गेमिङ एप हो, जो नेपाल एकीकरणको इतिहास आधारित रहेको छ । यो गेमिङ एपको विकास गर्न करिब ४ महिनाको लागेको ढकालले बताए ।

उनले यो गेमिङ एप निर्माण गरी गूगल प्ले स्टोरमा सार्वजनिक गरी सकेका छन् । यो नेपालको पहिलो यस्तो गेमिङ एप हो, जो नेपाल एकीकरणको इतिहास आधारित रहेको छ । यो गेमिङ एपको विकास गर्न करिब ४ महिनाको लागेको ढकालले बताए ।

यसमा नेपाल एकीकरणको सबै भागलाई समेटिएको छ । यस गेमेमा हरेक स्थान जितेसँग जितको भुभाग नेपालको भुभागका जोडिएको जानकारी दिइनेछ । यो गेम अहिले गूगल प्लेस्टोरमा मात्रै उपलब्ध भएको छ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

सम्बन्धित समाचार