कीवर्डहरू -

अन्तराष्ट्रिय ह्याकथन कार्यक्रम \'क्वान्टम ह्याक\' सम्पन्न, एप्पलका सहसंस्थापक स्टिभ वोज्नियाकको सहभागिता

अन्तराष्ट्रिय ह्याकथन कार्यक्रम \'क्वान्टम ह्याक\' सम्पन्न, एप्पलका सहसंस्थापक स्टिभ वोज्नियाकको सहभागिता

भदौ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको अन्तराष्ट्रिय ह्याकथन कार्यक्रम क्वान्टम ह्याक सम्पन्न भएको छ । नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका विद्यार्थीहरुमा प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने उद्देश्यले क्वान्टम ह्याक आयोजना भएको हो ।

करिब दुईहजार पाँचसय जनाले सक्रिय सहभागिता जनाएको यो कार्यक्रममा विश्व प्रसिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

अनलाइन मार्फत आयोजना भएको सो कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै विभागको सहभागिता रहेको थियो । भने भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाले आयोजना गरेको थियो ।

प्रकोप व्यवस्थापन, सबैका लागि आधुनिक वित्तीय व्यवस्थापन ,शिक्षा, स्वास्थ तथा शहरी जनसंख्या व्यवस्थापन, वातावरण लगायत स्वतन्त्र विचार शीर्षक जस्ता विभिन्न छ वटा विधामा प्रविधिको प्रयोग तथा त्यसको माध्यमद्धारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको सो कार्यक्रममा ७० भन्दा बढी समुहका २५० जनाले विभिन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।

\"\"

करिब दुईहजार पाँचसय जनाले सक्रिय सहभागिता जनाएको यो कार्यक्रममा विश्व प्रसिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

कार्यक्रममा आइबिएमका बरिष्ठ प्रोग्रामर तथा इन्जिनियर  जो सेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड व्यवस्थापक डेनभर डि सुजाले मुख्य बक्ताको रुपमा सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा नासा,अमेजन वेभ सर्भिस आदिका बरिष्ठ प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गरेका थिए । भने विभिन्न विधाका विशेषज्ञ तथा माइक्रोसफ्ट एवं विभिन्न प्रतिष्ठित संस्थाका विज्ञहरुले प्रस्तावित परियोजनाको मूल्याङ्कन गरेका थिए । परियोजना प्रतियोगितामा विभिन्न छ वटा टिम पुरस्कृत भएका छन् ।

लगातार ३६ घण्टासम्म  चलेको उक्त कार्यक्रममा ह्याकथनका अतिरिक्त  गोष्ठी , कार्यशालाका लगायत  स्वदेशी तथा विदेशी सेलिब्रेटीहरुले गायन, नृत्य एवं अन्य कार्यक्रम भएको थियो ।

‘यो जटिल अवस्थामा यति बृहत र एप्पलका सहसंस्थापक तथा आईबिएम जस्ता प्रतिष्ठित संस्थाको उच्च सहभागिता हाम्रोलागि गौरब र प्रेरणाको विषय हो’ नेक्टस्जेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाईजर जय किसन पन्जियार भन्छन्, ‘यसले हाम्रो सोच्ने क्षमता र वातावरणमा ठुलो परवर्तन ल्याउनेमा हामी विश्वस्त छौ, यो ह्याकथनको ठुलो फड्को पनि हो ।

नेपाली विद्यार्थीको तहबाट गरिएको यो कार्यक्रमा भएको उच्च तहको सहभागिताले थप हौसला र प्रतिस्पर्धाको  पेरणा प्राप्त भएको कार्यक्रमकी मेडिया व्यवस्थापक अनिसा अधिकारीले बताइन ।