कीवर्डहरू -

अब प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधि प्रणालीको सिस्टम अडिट गर्नुपर्ने

अब प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधि प्रणालीको सिस्टम अडिट गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सूचना प्रविधि प्रणाली लेखा परीक्षण बारे नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई एकीकृत निर्देशिका जारी गर्दै सूचना प्रविधि प्रणालीको लेखा परीक्षण सहज बनाएको छ ।

योसँगै अब प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाहरुले सूचना प्रविधि प्रणालीको लेखा परीक्षण गर्नुपर्ने छ । यदी नयाँ प्रणाली स्थापना गरिएको खण्डमा प्रणाली सञ्चालनमा आएको १ वर्षभित्र र त्यसपछि प्रत्येक २ वर्षमा लेखा परीक्षण गर्नुपर्ने छ ।

नयाँ एकिकृत निर्देशनको बुँदा नम्बर १९७ मा लेखिएको छ, ‘विद्युतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रवर्द्धन गर्न इजाजतपत्र प्राप्त संस्थामा नयाँ प्रणालीको प्रयोग गरिएको अवस्थामा प्रणाली प्रयोगमा आएको एक वर्ष भित्र र तत्पश्चात प्रत्येक दुई वर्षमा अनिवार्य रुपमा सूचना प्रविधि प्रणालीको लेखापरीक्षण (सिस्टम अडिट)गर्नु पर्नेछ,’