कीवर्डहरू -

माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउदै 

माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउदै 

माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउने भएको छ । यस ल्याप्टपको मूल्य ५०० देखि ६०० डलरको बिचमा हुने बताइएको छ ।

माइक्रोसफ्टले अर्को महिना आफ्नो इभेन्ट गर्न सक्ने अनुमान लगाइएको छ । यसको सबैभन्दा आकर्षक सामान भनेको मिड रेन्ज सर्फेस ल्यापटप नै हुनेछ ।

वीनडोज सेन्ट्रलका अनुसार अनुसार हल्का ल्याप्टप बनाउनको लागी काम गरिरहेको छ । सो ल्यापटपमा १२.५ इन्चको डिस्प्ले, दशौँ जेनेरेशनको इन्टेल कोर आई फाईभ प्रोसेसर, ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज हुनेछ ।

यो डिभाइस ९९९ डलर पर्ने सर्फेस ल्यापटप ३ भन्दा धेरै सस्तो हुनेछ । यो इभेन्ट अक्टोबरमा हुने अनुमान लगाइएको छ र यसमा थुपै नयाँ डिभाइसहरु देखिने आशा गरिएको छ ।

एजेन्सीको सहयोगमा