कीवर्डहरू -

तरकारी तथा फलफुल होम डेलिभरी गर्दैं शिजन अर्गानिक

तरकारी तथा फलफुल होम डेलिभरी गर्दैं शिजन अर्गानिक

शिजन अर्गानिक प्रालिले आजदेखि होम डेलिभरी सेवा सुरु गरेको छ । कम्पनीले बिहीबारदेखि तरकारी तथा फलफुल होम डेलिभरी सेवा सुरु गरेको हो ।

नेपाली अर्गानिक कृषि उत्पादनलाई किसानको खेतबारीबाट उपभोक्ताको दैलोसम्म पुर्‍याउने कम्पनीको योजना रहेको छ । कम्पनीले शहरी कौसी खेती र करेसा खेतिको लागि चाहिने सम्पूर्ण सामग्री, सेवा तथा तालिम उपलब्ध गराउने छ ।

त्यस्तै शिजन अर्गानिकले बायो फ्लक प्रविधि द्वारा घर भित्र गरिने माछा पालनको लागि चाहिने सम्पूर्ण सामग्री, सेवा तथा तालिम समेत उपलब्ध गराउने जनाएको छ ।

तरकारी तथा फलफुल अर्डरको लागि फेसबुक पेजमा मेसेज पठाउन सकिने छ । भने ९८६१७४७९५५ वा ९८५१२४०९९० कल गरेर अर्डर गर्न सकिने छ ।

त्यस्तै ह्वाट्सएप वा भाइबरबाट पनि अर्डर गर्न सकिने छ । शिजन अर्गानिकले अनलाइन भुक्तानीको समेत व्यवस्था गरेको छ । मोबाइल वालटे ईसेवाबाट ग्राहकले भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।