कीवर्डहरू -

शक्तिशाली ब्याट्री सहित साओमीको नयाँ फोन रेडमी नाइन सी नेपालमा, कति छ मूल्य ? 

शक्तिशाली ब्याट्री सहित साओमीको नयाँ फोन रेडमी नाइन सी नेपालमा, कति छ मूल्य ? 

साओमीले रेडमी नाइन सी स्मार्टफोन नेपालीमा सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यको नयाँ फोन ‘रेडमी नाइन सी’ नेपालमा सार्वजनिक गरेको हो ।

यो नयाँ फोनमा ६.५३ इन्च डिस्प्ले उपलब्ध रहेको छ । भने एचडी प्लस रिसोलुसन रहेको छ । यसमा मिडिया टेक हेलियो जी ३५ प्रोसेसर प्रयोग गरिएको छ ।

\"\"

रेडमी नाइन सी २ जीबी र्‍याम र ३ जीबी र्‍याम तथा ३२ जीबी र ६४ जीबी स्टोरेजमा उपलब्ध रहेको छ । प्रयोगकर्ताले यसको आन्तरिक स्टोरेजलाई मेमोरी कार्ड राखेर बढाउन सक्ने छन् ।

यस फोनमा ट्रिपल रियर क्यामेरा राखिएको छ । जसमा १३ मेगापिक्सेल प्राइमरी क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइस सेन्सर र २ मेगापिक्सेल डेप्थ सेन्सर रहेको छ । साथमा एलइडी फ्ल्यास पनि राखिएको छ ।

\"\"

त्यस्तै यसमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । रेडमीको यस नयाँ फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ । रेडमी नाइन सी एन्ड्रोइड टेनद्वारा सञ्चालित रहेको छ ।

२ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको रेडमी नाइन सीको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको रेडमी नाइन सीको मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन छिट्टै एमआई स्टोर र तथा अनलाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।