कीवर्डहरू -

शिक्षण क्षेत्रको डिजिटल रूपान्तरणलाई प्रभावकारी बनाउन अनुदान कार्यक्रम ल्याएका हौँ - पराग श्रेष्ठ

शिक्षण क्षेत्रको डिजिटल रूपान्तरणलाई प्रभावकारी बनाउन अनुदान कार्यक्रम ल्याएका हौँ - पराग श्रेष्ठ


पराग श्रेष्ठ
निर्देशक, फ्युज क्लासरुम

पछिल्लो समय नेपालको शिक्षा क्षेत्रलाई डिजिलिकरण गर्ने प्रयास स्वरुप फ्युज मेशिन्सले फ्युज क्लासरुम ल्याएको छ । आर्टिफिसियल इन्टेलिजेन्स ९एआइ० मा काम गरिरहेको कम्पनीले कोभिड १९ को महामारी र लकडाउनसँगै नियमितरुपमा पठनपाठन हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै नयाँँ प्रविधियुक्त फ्युज क्लासरुम र पछिल्लो समय कम्पनीले घोषणा गरेको विद्यालयलाई अनुदान दिने कार्यक्रमको बारेमा फ्युज क्लासरुमका निर्देशक पराग श्रेष्ठसँग केहि कुराकानी गरेका छौ ।

नेपालका शैक्षिक संस्था डिजिटलीकरण गर्न अनुदान कार्यक्रम ल्याउनुपर्ने मुख्य कारण के थियो ?
कोरोना महामारीजस्तो बिषम परिस्थितिबाट गुज्रिरहेका बेला विद्यालयहरु अहिले अनलाइन कक्षा सञ्चालन गर्नदेखि लिएर शिक्षण र प्रशासनिक काम गर्न लाग्ने खर्च बेहोर्न सकिरहेका छैनन् । त्यस्तै विद्यालयहरुले पनि यो परिस्थितिमा शुल्क उठाउन पाएका छैनन् । शैक्षिक डिजिटलीकरण गर्ने अहिले उत्तम समय भए पनि आर्थिक कमजोरीका कारण प्रभावकारी रुपमा विद्यालयहरुले अनलाइन पठनपाठन सुचारु गर्न सकिरहेका छैनन् । तसर्थ उनीहरूको शिक्षा डिजिटलीकरण प्रक्रिया जारी राख्नका लागि मद्दत गर्न हामीले यो अनुदान कार्यक्रम ल्याएका हौँ ।

फ्युज क्लासरुमको यो अनुदान कार्यक्रममा नेपालमा दर्ता भएका र  १०० जना भन्दा बढी विद्यार्थीहरु भएका जुनसुकै विद्यालयहरुले सहभागी जनाउन सक्छन् ।

यो अनुदानमा कस्ता विद्यालयहरु सहभागी हुन योग्य छन् ?
फ्युज क्लासरुमको यो अनुदान कार्यक्रममा नेपालमा दर्ता भएका र  १०० जना भन्दा बढी विद्यार्थीहरु भएका जुनसुकै विद्यालयहरुले सहभागी जनाउन सक्छन् । यो अनुदान कार्यक्रम प्रदान गर्न हाम्रो आन्तरिक मापदण्ड छ । त्यही मापदण्ड अनुसार छनौट गर्छौँ । मुख्यतः हामी यसमा दुईवटा कुरा हेर्छौँ ( पहिलो उनीहरुको आर्थिक अवस्था कस्तो छ र दोस्रो उनीहरुको नेतृत्वदायी सोच कस्तो छ। कोरोना महामारीको समयमा मात्र नभएर पछिसम्म पनि आफ्नो विद्यालयको शिक्षालाई डिजिटलीकरण गर्न चाहने सोच भएका विद्यालयहरु यसमा सहभागी हुन सक्छन् ।


२ लाख ५० हजार रुपैयाँसम्मको गैरनगद अनुदानमा विद्यालयले के कस्ता सेवा र सुविधाहरु पाउँछन् ?
अनलाइन सिकाइ अनुभव प्रभावकारी र शक्तिशाली बनाउन हामीले विद्यालयहरुलाई हाम्रा उत्पादन र सेवा दुबै प्रदान गर्छौं । हामीसँग जम्मा ७ वटा मोड्युलहरु छन् जसमध्ये २ वटा मोड्युलस् लर्निङ्ग म्यानेजमेन्ट सिस्टम र अनलाइन लाइभ प्रोडक्ट हामी प्रदान गर्छौँ। । यति मात्र नभएर हामीसँग सहकार्य गर्ने साझेदारहरुलाई हाम्रो शिक्षा विशेषज्ञहरूबाट टिमको सहयोग, ट्रेनिङ, अनबोर्डिङ, डिस्कभरी मिटिङ, लगायत सफ्टवेयरका सबै फिचर प्रयोग गर्ने सुविधा दिन्छौं । विद्यालय र कलेजहरूले अनुदानलाई क्रेडिटका रुपमा फ्युज क्लासरूममा प्रयोग गर्न सक्छन् जसले गर्दा उनीहरुलाई यो कठिन कोभिड महामारीको समयमा कुनै थप आर्थिक बोझ पर्दैन।

\"\"

हामी डिजिटलीकरण मात्र नभएर आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी डाटा पनि प्रदान गर्छौं र विद्यालयहरुलाई डाटा९सञ्चालित निर्णयहरू गर्न सहयोग गर्दछौँ। त्यो डाटालाई अध्ययन गरेर शिक्षकलाई अन्तर्दृष्टि र एनालिटिक्स मार्फत को को विद्यार्थीहरु पढाइमा कमजोर छन् भन्ने जानकारी दिन सक्छौं । साथै शिक्षकका सबै समय खपत हुने कामहरु जस्तै हाजिर लिने, असाइनमेन्ट चेक गर्ने, मार्किङ र ग्रेडिङ गर्ने प्रक्रियालाई एआई मिश्रित पद्धतिले  तत्कालै गरिदिन्छ।


अहिलेको समयमा फ्युज क्लासरुमको महत्व के छ र किन चाहिन्छ ?
शिक्षा क्षेत्रलाई डिजिटल रूपान्तरणमा सघाउन ‘फ्युज क्लासरुम’को ठूलो भूमिका रहेको छ। फ्युज क्लासरुममा लाइभ क्लास सञ्चालन गर्न, विद्यार्थी भर्ना गर्न, पाठयक्रम अनलाइनमा उपलब्ध गराउन, नयाँ पाठ्यक्रम सिर्जना गर्न, प्रशिक्षक तथा अन्य उपयोगी सामग्री खोजी, विद्यार्थीसँग कुराकानी गर्न, क्विज तथा टेष्ट सञ्चालन गर्न, असाइन्मेन्ट तथा अन्य पाठ्यक्रम सामग्री उपलब्ध गराउन सकिने सम्पूर्ण सुविधाहरु उपलब्ध छ ।

हामी डिजिटलीकरण मात्र नभएर आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी डाटा पनि प्रदान गर्छौं र विद्यालयहरुलाई डाटा९सञ्चालित निर्णयहरू गर्न सहयोग गर्दछौँ। त्यो डाटालाई अध्ययन गरेर शिक्षकलाई अन्तर्दृष्टि र एनालिटिक्स मार्फत को को विद्यार्थीहरु पढाइमा कमजोर छन् भन्ने जानकारी दिन सक्छौं । साथै शिक्षकका सबै समय खपत हुने कामहरु जस्तै हाजिर लिने, असाइनमेन्ट चेक गर्ने, मार्किङ र ग्रेडिङ गर्ने प्रक्रियालाई एआई मिश्रित पद्धतिले  तत्कालै गरिदिन्छ। हामीले फ्युज क्लासरुममा मसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि प्रयोग गरेका छौं । प्रविधको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न पनि यसको आवश्यकता छ ।
तसर्थ क्लासरुमलाई पेपरलेस बनाउन यसले सहयोग गर्छ । यसका साथै विद्यालयलाई पूर्ण रुपमा डिजिटल बनाउन आवश्यक पर्ने लर्निङ म्यानेजमेन्ट सिस्टम, स्टुडेन्ट इन्फरमेसन सिस्टम लगायतका सयभन्दा बढी फिचरहरु यसमा समावेश छन् । यी विभिन्न सुविधा भएकाले अहिलेको समयमा मात्र नभएर पछिसम्म पनि फ्युज क्लासरुम प्रयोग गर्नु जरुरी देखिन्छ।

नेपालमा पहिलोपटक लकडाउन भएपछि यो प्रणाली ल्याउनुभयो । अहिलेसम्म प्रयोगकर्ता कति छन्, कस्तो फिडब्याक छ ?
हामीले नेपालमा लकडाउन सुरु भएपछि यो सिस्टम ल्याएका हौँ र यो नेपालमा बिल्कुलै नयाँ कन्सेप्ट हो। हाल हामीसँग २० वटा  ग्राहकहरु छन् र १५ हजारभन्दा बढी प्रयोगकर्ता छन्। सबैबाट फ्युज क्लासरुमको सकारात्मक प्रतिक्रिया आइरहेको छ । विद्यार्थीदेखि लिएर शिक्षक, अभिभावक र सम्पूर्ण शिक्षण संकायका व्यक्तिहरुले यो चलाउन एकदमै सजिलो छ भनेका छन् ।


फ्युज क्लासरुम मा एआईले कसरी काम गर्दछ ?
फ्युज क्लासरुममा भएको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले विद्यालयको प्रशासन, शिक्षक तथा विद्यार्थी सबैलाई सहयोग गर्छ । यसमा एआईले आफै विद्यार्थीहरूले बुझेका छन् कि छैनन् भनेर वर्गीकरण गर्छ, जसले गर्दा विद्यार्थीहरूको सिकाइलाई अझै सुधार गर्न सकिन्छ । फ्युज क्लासरुममा एआईले विद्यार्थीको सिकाइमा सहयोग गर्न क्रियाकलाप, गेम तथा पाठ्यक्रममा प्रगति गर्न थप अध्ययन सामग्रीहरू सिफारिस गर्छ ।

एआईकै माध्यमबाट फ्युज क्लासरुमले विद्यार्थीको प्रगतिबारे भिजुअल सूचकहरू पनि देखाउँछ। त्यस्तै एआईले विद्यार्थीहरू पढाइमा केन्द्रित छन् कि छैनन् भनेर पर्सनलाइज्ड सूचना समेत दिने गर्छ । यसमा एआईले विद्यार्थी र संकायबीच एक अर्कासँग छलफल गर्नको लागि सहयोग गर्छ । फ्युज क्लासरुममा विद्यार्थीले प्रश्न सोध्न सक्ने फोरमको सुविधा छ जसमा एआईले पनि उत्तर दिन्छ । यसले गर्दा शिक्षकले सबै प्रश्नको उत्तर दिनु नपर्ने हुन्छ ।

\"\"

कुनै पनि विद्यार्थीले अरुको नक्कल गरेको हो कि भनेर अर्थात प्ल्याजरिज्म पनि एआई प्रविधिले  जाँच गरिदिन्छ । एआईको प्रयोगले सिकाइलाई अझै प्रभावकारी बनाउन सकिन्छ ।

कुनै पनि विद्यार्थीले अरुको नक्कल गरेको हो कि भनेर अर्थात प्ल्याजरिज्म पनि एआई प्रविधिले  जाँच गरिदिन्छ । एआईको प्रयोगले सिकाइलाई अझै प्रभावकारी बनाउन सकिन्छ । धेरै कुराहरु यसले स्वचालित गर्छ, जसले समय तथा जनशक्तिको बचत हुन्छ । विश्व डिजिटलीकरण तिर जाँदैछ । त्यसैले यस्तो अवस्थामा शिक्षालाई पनि डिजिटलीकरणमा लान एआईले धेरै मद्दत गर्दछ ।


अहिलेको अवस्थालाई हेरेर नेपालमा अनलाइन शिक्षा विकासका बाधा हटाउन केकस्ता नीतिहरु आवश्यक छन् ?
नेपालको शैक्षिक क्षेत्रमा पूर्ण रुपमा डिजिटल रुपान्तरण ल्याउने हो भने डिजिटलीकरणका लागि आवश्यक पूर्वाधारहरु जस्तै उपकरणहरू ( ल्यापटप्, स्मार्टफोन र इन्टरनेटको पहुँच जरुरी देखिन्छ ।
नेपालको शिक्षा क्षेत्रको विकास हेर्दा केही विद्यालय तथा कलेजको विकास सोचेजस्तो भए पनि बाँकीको सोचेजस्तो छैन । सरकारले अनलाइन कक्षा सुचारु गर्ने प्रयास गरिरहेको अवस्था छ तर देशभर इन्टरनेट कनेक्टिभिटी तथा पूर्वाधारको सुविधा छैन्। त्यसैले सरकार, स्कूल, गैरसरकारी संस्था, शिक्षक, ठूला निगम लगायत अभिभावक, सरकारी र निजी विद्यालय सबै सरोकारवालाहरूले शिक्षा क्षेत्रको डिजिटल रूपान्तरणको लागि एकजुट हुनु आवश्यक छ । हामीजस्ता कम्पनीहरूले प्लेटफर्म, सेवाहरू र उत्पादनहरू प्रदान गर्न सक्छौँ। अन्य संघसंस्थाहरुले विद्यार्थीलाई पूर्वाधारहरु पुर्याउने र इन्टरनेट सेवा प्रदायकहरुले आर्थिक अवस्था कमजोर भएका विद्यालय र कलेजहरुलाई सस्तो वा निशुल्क सेवा प्रदान गर्ने नीति ल्याउन सक्छन्।