कीवर्डहरू -

आइपीओ जारी गर्ने योजनामा वर्ल्डलिंक 

आइपीओ जारी गर्ने योजनामा वर्ल्डलिंक 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले निकट भविष्यमै सर्वसाधारणको लागि शेयर जारी गर्ने भएको छ ।

२५ औं वार्षिकोत्सवको अवसमा कम्पनीले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दिलिप अग्रवालले निकट भविष्यमा आईपीओ जारी गर्ने जानकारी दिएका हुन् ।

‘हामीले सर्वसाधारणको लागि शेयर जारी गर्न पूर्व तयारी सुरु गरिसकेका छौं,’ अध्यक्ष अग्रवालले भने, ‘त्यसैको तयारी गर्न गएको वर्ष हामीले कम्पनीलाई पब्लिक लिमिटेडमा दर्ता गरिसकेका छौं ।’

अबको तीन वर्षमा सर्वसाधारणको लागि आईपीओ जारी गर्ने अग्रवालले बताए । कम्पनीको चुक्ता पुँजी ११२ करोड रुपैयाँ रहेको पनि उनले जानकारी दिए ।