कीवर्डहरू -

विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न र महामारीको चुनौती सामना गर्न मद्दत गर्ने 

विज्ञान र शिक्षा क्षेत्रलाई नीतिगत तहमा उच्च महत्व दिइएको शिक्षा मन्त्रीको भनाई 

विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न र महामारीको चुनौती सामना गर्न मद्दत गर्ने 

आठौँ राष्ट्रिय विज्ञान दिवसको पूर्वसन्ध्याको अवसर पारेर मंगलवार विज्ञान कुटनिति (साइन्स डिप्लोमेसी) को बारेमा वेविनार आयोजना गरिएका छ । यो वेविनार सयुंक्त राष्ट्रसङघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को), नेपालका निम्ति नेपाल राष्ट्रिय आयोगको विज्ञान, हाइड्रोलोजिकल प्रोग्राम (आइएसपी) र म्यान एण्ड बायोस्फेर (एमएपी) समितिले नेपाल जर्मन एकेडेमिक एशोसिएशनको सहकार्यमा आयोजना गरिएको हो ।

एक्काइसौँ शताब्दीमा विज्ञान कूटनीतिले नेपालको परिपे्रक्षमा कसरी अवसरहरु सृजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । यो कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।


एक्काइसौँ शताब्दीमा विज्ञान कूटनीतिले नेपालको परिपे्रक्षमा कसरी अवसरहरु सृजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । यो कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो । यो वेविनारको अध्यक्षता पूर्व वातावरण, विज्ञान र प्रविधि मन्त्री गणेश शाहले गरेका थिए । कार्यक्रमको मुख्य अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल रहेका थिए । यो कार्यक्रमले विशेष गरी कोभिडको महामारीले पारेको अर्थतन्त्रको नराम्रो प्रभावलाई विज्ञान कूटनीतिको प्रयोगले कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो ।


कार्यक्रममा वक्ताको रुपमा भने यूनेस्को, पेरिसबाट डा भानु न्यौपाने, इजराइलको लागी राजदूत डा. अन्जन शाक्य, जर्मन राजदूत रोल्याण्ड स्कयाफर, नास्टका कुलपति डा.सुनिल बाबु श्रेष्ठ र ग्लोबल इन्सटीटयूट अफ इन्टरडिसिप्लिनरी स्टडिज का डा.उत्तम बाबु श्रेष्ठ रहेका थिए । प्यानलिस्टमा चीनका लागी पूर्व राजदूत डा. महेश के. मास्के, जर्मनका लागी पूर्व राजदूत डा. नोभेल किशोर राई, कृषि र वन विश्वविद्यालयकी कुलपति डा. शारदा थापालिया र त्रिभुवन विश्वविद्यालयको प्लानट बायोटेक्नोलोजीका प्रोफेसर डा. त्रिबिक्रम भट्टराई रहेका थिए ।


शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अनुसार अहिले देशमा विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेर काम भइरहेको, जसको कारण कठिन परिस्थितीमा पनि शिक्षालाई निरन्तरता दिन सकिएको बताए । कोरोनाको महामारीको समयमा धेरै विद्यालय तथा कलेजले भर्चुअल माध्यमको सहयोग लिएर कक्षा तथा परिक्षा लिरहेको पनि उनले बताए । गतवर्ष सरकारले विज्ञान, प्रविधि र इन्नोभेसनलाई समेटेर नीति पनि ल्याइएको र यसको कार्यान्वयनतर्फ अघि बढिरहेको मन्त्री पोखरेलले बताए ।

\"\"

मन्त्री पोखरेलका अनुसार विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न पनि मद्दत पु¥याएको छ । विज्ञानलाई उनीहरुले समस्या समाधान गर्ने माध्यमको रुपमा लिएका छन् । उनले  विज्ञान र कूटनीति सँगसँगै जाने बताए। मन्त्रि पोखरेलले भने  "देशको लागी नीति बनाउन र राजनीतिमा पनि विज्ञानको एकदमै ठूलो महत्व हुने गर्दछ ।"


मन्त्री पोखरेलका अनुसार विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न पनि मद्दत पु¥याएको छ । विज्ञानलाई उनीले समस्या समाधान गर्ने माध्यमको रुपमा लिएका छन् । उनले विज्ञान र कूटनीति सँगसँगै जाने बताएका थिए । देशको लागी नीति बनाउन र राजनीतिमा पनि विज्ञानको एकदमै ठूलो महत्व हुने गर्दछ । उनले गत वर्ष राष्ट्रिय विज्ञान र शिक्षा क्षेत्रलाई नीतिगत तहमा उच्च महत्व दिएको जानकारी दिएका थिए । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले आगामी असोज १ गते “स्वास्थय र गुणस्तरीय जीवनका लागी विज्ञान” भन्ने नाराको साथमा आठौँ राष्ट्रिय विज्ञान दिवस मनाउनेछ ।

वेभिनारमा शिक्षा मन्त्रालयका सचिव डा. सञ्जय शर्माले विज्ञान कूटनीतिको मद्दतले विशवव्यापी रुपमा सँगै भएर जलवायुको नकारात्मक प्रभाव कम गर्नुपर्ने बताए । कोरोनाको महामारीमा पनि यो एकदमै जरुरी हुन्छ ।


परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी मानव समृद्धि, प्रगति र सभ्यताका लागी विज्ञान कूटनीतिको महत्व रहेको बताए । सरकारले पछिल्लो समय विज्ञान, प्रविधि र इन्नोभेसनलाई महत्व दिदै गएको र यसले साइन्स डिप्लोमेसीलाई बलियो बनाउने वैरागीले बताए ।


नाष्टका उपकुलपति डा. सुृनिलबाबु् श्रेष्ठले नेपालमा साइन्स डिप्लोमेसीको महत्व बढ्दै गएको बताए । हामि यस कुरामा अलि नयाँ नै छौ तरपनि नेपालको बैज्ञानिक इतिहास पुरानो रहेको श्रेष्ठको भनाई थियो । पछिल्लो समय सरकारले बिज्ञान र इन्नोभेसनलाई महत्व दिइरहेको भएपनि अझपनि यसतर्फ लगानी बढाउनुपर्ने उपकुलपति श्रेष्ठले बताए ।

"नेपाल गत साल विज्ञानको ग्लोबल इनोभेसन इन्डेक्स मा १०९ स्थानमा थियो भने अहिले नेपाल ९५ स्थानमा छ जुन भनेको प्रगति हो ।"  अहिले हामी औद्योगिक क्रान्तिको चौथो चरणमा बाँचिरहेका बताउदै शाहले विज्ञान कूटनीतिले देशको प्रगतिमा धेरै ठूलो भूमिका खेल्ने बताएका थिए ।


त्यसैगरी पूर्व वातावरण, विज्ञान र प्रविधि मन्त्री गणेश शाहको अनुसार नेपालको अहिले विज्ञानको पक्षमा स्थिति राम्रो नै रहेको छ । शाहले भने "नेपाल गत साल विज्ञानको ग्लोबल इनोभेसन इन्डेक्स मा १०९ स्थानमा थियो भने अहिले नेपाल ९५ स्थानमा छ जुन भनेको प्रगति हो ।"  अहिले हामी औद्योगिक क्रान्तिको चौथो चरणमा बाँचिरहेका बताउदै शाहले विज्ञान कूटनीतिले देशको प्रगतिमा धेरै ठूलो भूमिका खेल्ने बताएका थिए ।


डा.उत्तम बाबु श्रेष्ठले विज्ञानलाई कहिले पनि नीतिगत तहबाट उपेक्षा गर्नुहुदैन भनेर बताए । डा. अन्जन शाक्यले विज्ञानलाई रचनात्मक ढङगले अन्तराष्ट्रिय साझा मुद्दाको रुपमा सम्बोधन गर्नुपर्ने बताइन् । त्यसतै नेपालका लागी जर्मन राजदूत रोल्याण्ड शेफरले त्यहाँको शिक्षा मन्त्रालयले शिक्षा र प्रविधिको अवस्था र परिवर्तनको बारेमा प्रस्तुति दिएका थिए ।
युनेस्को मुख्यालयमा कार्यरत विशेषज्ञ भानुराज न्यौपानेले विज्ञानको ज्ञान सबैले पाउनुपर्ने हुदा खुल्ला विज्ञानको अवधारणालाई अघि सार्नुपर्ने बताए ।