कीवर्डहरू -

आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, प्रधानमन्त्री प्रमुख अतिथि

आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, प्रधानमन्त्री प्रमुख अतिथि

भोलि असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँने भएको छ । ‘स्वस्थ र गुणस्तरिय जीवनका लागि विज्ञान’ भन्ने मूल नाराका साथ भोलि आठौं राष्ट्रिय विज्ञान दिवस मनाइने भएको हो ।

भर्चुअल रुपमा जुम मार्फत आयोजना हुने आठौं विज्ञान दिवसको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेका छन् । बिहान ८ः४५ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

यो सप्ताहब्यापी कार्यक्रम भएकाले यसअघि देखि नै विज्ञान दिवसका कार्यक्रमहरु सुरु भइसकेका छन् । नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उदेश्यका साथ २०६९ साल मंसिर ८ गते निर्णय गरी हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तय गरेको थियो ।

यो पनि पढनुहोस्ः

विज्ञान दिवसको मूल उदेश्य नै इन्नोभेसन र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने हो

असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँदै, यस्ता छन् कार्यक्रमहरु