कीवर्डहरू -

एप्पलले सार्वजनिक गर्‍यो नयाँ आईप्याड एयर 

एप्पलले सार्वजनिक गर्‍यो नयाँ आईप्याड एयर 

एप्पलले मंगलबार नयाँ आईप्याड एयर सार्वजनिक गरेको छ । जुन कम्पनीको आइप्याड प्रो जस्तै देखिन्छ । यो अहिले सम्म रहिरहेको आईप्याड एयर भन्दा चाँही भिन्नै छ ।

नयाँ आईप्याड एयर भने आइप्याड प्रो को नवीकरण गरेको जस्तो देखिन्छ । यसको सुरुवती मूल्य ५९९ डलर रहेको छ ।

नयाँ आईप्याडमा १०.९ इन्चको लिक्विड रेटिना डिस्पले रहेको छ । एप्पलले यसमा टच आइडीलाई  पावर बटनमा राखेको छ । यो पावर बटनमा बायोमेट्रिक भएको पहिलो आईप्याड हो ।

यसमा एप्पलले फाइभ एनएमको ए १४ बायोनिक प्रोसेसर राखेको छ । यसमा १२ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ भने ७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यो आईप्याड एयर अर्को महिनादेखि उपलब्ध हुने एप्पलले जनाएको छ ।