कीवर्डहरू -

मलाई चिनाउन वर्ल्डलिङ्कको सहयोग महत्वपूर्ण छः महावीर पुन 

मलाई चिनाउन वर्ल्डलिङ्कको सहयोग महत्वपूर्ण छः महावीर पुन 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष वैज्ञानिक डा महाविर पुनले आफ्नो सफलताको सारथी बनेकोमा वर्ल्डलिङ्कप्रति विशेष आभार व्यक्त गरेका छन् ।

कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उनले वायरलेस इन्टरनेट नेटवर्किङका लागि निःशुल्क रुपमा ब्याण्डविथका साथै आवश्यक उपकरण सहयोग गरेर लगाएको गुन सम्झिए ।

‘वर्ल्डलिङ्कसँगको मेरो सम्बन्ध सुरु भएको १६ वर्ष पुगेछ । म्याग्दीबाट सुरु गरेर वायरलेस इन्टरनेट मैले विभिन्न १६ जिल्लामा पुर्‍याएँ । त्यही इन्टरनेटले नै लाई विश्वभर चिनायो,’ उनले भने, ‘त्यसका लागि मैले वर्ल्डलिङ्कबाट निकै धेरै सहयोग पाएको छु । निःशुल्क रुपमा ब्याण्डविथ दिएर मलाई सबै माझ चिनाउन सघाएकोमा वर्ल्डलिङ्कप्रति विशेष आभारी छु ।’

आफूले वायरलेस इन्टरनेटलाई कहिल्यै पनि व्यवसायिक उद्देश्यका लागि विस्तार नगरेको भन्दै पुनले वर्ल्डलिङ्कबाट निःशुल्क रुपमा प्राप्त ब्याण्डविथकै कारण आफूले देशका ग्रामीण क्षेत्रमा इन्टरनेट दिन सकेको बताए ।

उनले अगाडि भने, ‘व्यवसायिक इन्टरनेट नपुगेका स्थानमा अहिले पनि मैले सुरु गरेको वायरलेस इन्टरनेट चलिरहेको छ । अहिले जति पनि गाउँहरुमा वायरलेस इन्टरनेट चलिरहेको छ, उनीहरु सबैको तर्फबाट म वर्ल्डलिङ्कप्रति आभार व्यक्त गर्न चाहन्छु ।’