कीवर्डहरू -

भोलिबाट स्मार्ट लाइसेन्स वितरण हुने 

भोलिबाट स्मार्ट लाइसेन्स वितरण हुने 

सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोली अर्थात असोज १ गतेदेखि हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण गर्ने जानकारी दिएको हो ।

सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले लाइसेन्स आए नआएको एकिन गरि बिहान १० बजेदेखि ३ बजेभित्र आउन आग्रह गरेको छ ।

त्यस्तै काठमाडौं उपत्यकाका अन्य सवारी चालक अनुमतिपत्र कार्यालयले पनि असोज १ गतेदेखि नै लाइसेन्स बाड्ने तयारी थालेका छन् ।