कीवर्डहरू -

विज्ञान प्रविधिको विकास गर्दै आधुनिक, विकसित र समृद्ध नेपाल बनाउने चाहना - प्रधानमन्त्री ओली

विज्ञान प्रविधिको विकास गर्दै आधुनिक, विकसित र समृद्ध नेपाल बनाउने चाहना - प्रधानमन्त्री ओली

आज आठौ राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यको अवसरमा सम्वोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले देश विज्ञान प्रविधिको मार्फतबाट काचुली फेर्न सक्ने बताए । विज्ञान प्रविधिको विकास गर्दै आधुनिक, विकसित र समृद्ध नेपाल बनाउने चाहना रहेको बताउदै उनले यसको लागि अब कुरेर बस्ने बेला नभएको बताए ।

उनले भने "आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । हामि पनि विज्ञान प्रविधिको दोडमा सहभागि हुन् चाहिरहेका छौ । तरपनि विभिन्न कारणले हामि पछि परहेका छौ तर अब  हामि पछि पर्ने कारण छैन ।"

नेपाल ज्ञानहरुको सृजना गर्दै अघि बढेको इतिहास कोट्याउदै प्रधानमन्त्रीले विभिन्न कारणले पछिल्लो समय पछि परेको भएपनि अब समृद्धीको दिशातर्फ अघि बढिसकेको बताए ।


कार्यक्रममा प्रमुख वत्ताको रुपमा बोल्दै बिन्द्नाथ लोहनीले विज्ञान प्रविधि क्षेत्रमा आएको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति र डिजिटल नेपाल फ्रेमवर्क राम्रो प्रयास भएको बताए । 'अब लिपफ्रग गर्न आवश्यक छ । यसको लागी सरकारको प्रयास र योजनाले महत्वपुर्ण अर्थ राख्दछ' लोहनीले बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले स्वागत मन्तब्य राखेका थिए भने मन्त्री गिरिराजमणि पोख्रेल, पूर्वमन्त्री गणेश शाह लगायतले सम्वोधन गरेका थिए ।


आज असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । ‘स्वस्थ र गुणस्तरिय जीवनका लागि विज्ञान’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा कार्यक्रम आयोजना भइरहेको छ ।


भर्चुअल रुपमा आयोजना भएको आठौं विज्ञान दिवसको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेका थियो । बिहान ९ बजेबाट सुरु भएको कार्यक्रममा मन्त्री, प्रदेश सरकारका समाजिक विकासमन्त्री, सचिव र अन्य विशिष्ट व्यत्तिहरु गरि १५० बढिको सकृय सहभागिता रहेको थियो ।


यो सप्ताहब्यापी कार्यक्रम भएकाले यसअघि देखि नै विज्ञान दिवसका कार्यक्रमहरु सुरु भइसकेका छन् । नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उदेश्यका साथ २०६९ साल मंसिर ८ गते निर्णय गरी हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तय गरेको थियो ।