कीवर्डहरू -

सस्तो मूल्यमा आकर्षक फिचर भएको नोकिया सी थ्री नेपालमा

सस्तो मूल्यमा आकर्षक फिचर भएको नोकिया सी थ्री नेपालमा

नोकिया सी थ्रि स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रालिले नोकिया सीथ्रि नेपालमा भित्र्याएको हो ।

५.९९ इन्चको एचडी प्लस स्क्रीन, दिनभर टिक्ने ब्याट्री र उच्चस्तरको क्यामेरा क्वालिटी भएको नोकिया सीथ्रिमा एण्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ ।

यसको एचडी प्लस स्क्रीनमा रहेको उज्यालोपना अनुकूल गर्ने विशेषताले बाहिरी र भित्री जुनसुकै अवस्था पनि उत्कृष्ट प्रदर्शन गर्दछ । एण्ड्रोइड १०, अक्टा कोर प्रोसेसर र फिगंरप्रिन्ट सेन्सर जस्ता आधुनिक प्रविधिले गर्दा यो स्मार्टफोन ग्राहकहरुका लागि पूर्ण रुपमा सहयोगी सावित हुने जनाइएको छ ।

मात्र एक बटन क्लिक वा आवाजको माध्यमबाट यो स्मार्टफोनमा गुगल असिसटेन्ट सहयोग लिन सकिन्छ, साथै गीत सुन्न र नयाँ समाचार हेर्न सकिन्छ । ३०४० एमएएचको व्याट्रीले दिनभरी उर्जा दिने भएकोले कार्य सम्पादन क्षमता बढाउँछ ।

अक्टा–कोर प्रोसेसरले स्पीड र कुशलता दिन्छ, जुन हरेक दिनको कामलाई आवश्यक पर्दछ । नोकिया सी थ्री मा पोलिकार्वोनेटले बनेको कभरले डिजाइनलाई आकर्षक मात्र नभई झन बलियो र टिकाउ बनाएको छ ।

यसको क्यामेराले यादगार क्षणहरु आकर्षक फोटो र भिडियोहरु हाई क्वालिटीमा कैद गर्दछ । यसमा पछाडितिर ८ मेगापिक्सेल क्यामेरा र एलइडी फ्ल्यासले एचडीआर फोटोग्राफी र फूल एचडी भिडियो दिन्छ तथा अगाडिको ५ एमपी क्यामेराले सेल्फि सजिलै खिच्दछ ।

यसमा कैद भएको मनमोहक र स्तरीय विषय वस्तुलाई साथीभाइहरुसँग शेयर वा आफ्नो सामाजिक संजालमा सजिलै हाल्न सकिन्छ । नोकिया सी थ्रीमा भएको गुगल असिसटेन्ट बटनले दिनभरीको काम सहज पार्दछ ।

मौसम हेर्न होस् वा तारिख हेर्न सिर्फ एउटा बटन दवाउनुहोस् वा आफ्नो आवाजबाट तुरुन्तै प्रश्नको जवाफ पाउनुहोस् । यसमा बायोमेट्रिक फिगंरप्रिन्ट सेन्सर पद्धति रहेको छ जसले गर्दा फोन छिट्टै र सजिलै खोल्न मिल्ने कम्पनीको दाबी छ ।

नोकिया सी थ्री नर्डिक ब्लू (निलो) रङ तथा २ जीबी र्‍याम र १६ जिबी कन्फिग्रेसनमा बजारमा उपलब्ध रहेको छ । यसको बजार मूल्य १२ हजार ४९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।