कीवर्डहरू -

सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा

सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा

सांग्रिला डेभलपमेन्ट बैंकबाट डेबिट कार्ड लिदा अब पीनको जानकारी मोबाइलबाटै पाइने भएको छ । यसको लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको हो ।

यसबाट कागजबाट लिइने पिन लिन ग्राहकहरु बैंक गइराख्नु नपर्ने र सजिलै आफ्नो मोबाइलबाट डेबिट कार्डको पिन पाउन सकिने छ ।

आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त सकिने छ ।

बैंकका अनुसार सम्बन्धित ब्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुनेछ ।