कीवर्डहरू -

गूगलले जीमेलको लोगोलाई पुनः डिजाइन गर्ने

गूगलले जीमेलको लोगोलाई पुनः डिजाइन गर्ने

इन्टरनेटको सर्चजायन्ट गूगलले आफ्नो जीमेल सर्भिसमा केही हेरफेर गर्ने भएको छ । गूगलले जीमेलको लोगोलाई पुनः डिजाइन गर्ने भएको हो ।

गूगलले इमेलको सर्भिसको लागी नयाँ आइकन बनाइरहेको बताइएको छ । नाइन टु फाइभ गूगलको रिपोर्टको अनुसार अहिले लोगोको टेक्निकल चित्र बनाउन थालिएको छ ।

यसमा सकेसम्म खामको आइकन हटाउन खोजिएको छ । खामको आकार रहेको आइकन भने सन २०१३ देखि एउटै रहेको छ । खामको आकार सँगसँगै लोगोको रङ्ग पनि फेरिने भएको जनाइएको छ ।

अहिले सम्म आइकनमा बहु रङ्ग प्रयोग गरिएको छ जस्तै निलो, हरियो, पँहेलो र रातो । गूगलले जीमेलको इन्टरफेस पनि परिवर्तन गर्छ की गर्दैन भनेर जान्न भने सकिएको छैन् । गत महिना भने जीमेलमा गूगलले  च्याट, मीट जस्ता विकल्पहरु थपेको थियो ।