कीवर्डहरू -

सोमबार आइसिटी अवार्ड २०२० का उत्कृष्ट १३ प्रोडक्टहरुको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुँदै

सोमबार आइसिटी अवार्ड २०२० का उत्कृष्ट १३ प्रोडक्टहरुको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुँदै

सोमबार साँझ आइसिटी अवार्ड २०२० का उत्कृष्ट १३ प्रोडक्टहरुको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुने भएको छ । सोमबार साँझ साढे ५ बजेदेखि प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुनेछ ।

१४ जना जुरीको अगाडी उत्कृष्ट १३ प्रोडक्टले प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसनमा भाग लिनेछन् । यस अघि शनिबार इनोभेसन तथा स्टुडेन्ट क्याटेगोरीको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सम्पन्न भइसकेको छ ।

आगामी बुधबार उत्कृष्ट १२ स्टार्टअपको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन हुने आयोजक समितिका संयोजक राजन लम्सालले बताए । प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसनको कार्यक्रम भर्चुअल रुपमा भइरहेको छ ।

उत्कृस्ट १३ प्रोडक्टमा A Novel Vehicle Tracking Device , ‘CPFDS’ - AML & KYC Management System, Fuseclassroom, Genius IPTV, Jeevee, MSecurity & Antivirus, Nyano Nani, OrderSathi.com, Ottish, RTVTR- Real Time Vehicle Tracking and Recognition System, SmartDoc Intelligent Document, Smart Ghar, Ved - ELearning  पर्न सफल भएका छन् । प्रोडक्ट अवार्ड २०२० मा ३५ वटा प्रडक्टहरूको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएको थियो ।

विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो । भदौ अन्तिम सातादेखि शुरू भएको छनौट प्रक्रिया जारी रहेको छ ।