कीवर्डहरू -

सानिमा बैंकका ग्राहकले क्युआर कोड मार्फत भुक्तानी गर्दा सस्तोडिलमा २५ प्रतिशतसम्म छूट

सानिमा बैंकका ग्राहकले क्युआर कोड मार्फत भुक्तानी गर्दा सस्तोडिलमा २५ प्रतिशतसम्म छूट

सानिमा बैंकले वडा दशैंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु सार्वजनिक गरेको छ । बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ईबैंकिङ्ग प्रयोगकर्ताले क्युआर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फस्ट कम फस्ट सर्भको आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ  । यो योजना असोज २७ गते देखि कात्तिक १ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा एटिएम सञ्चालनमा रहेका छन् ।