कीवर्डहरू -

एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याटबाट भुक्तानी सम्बन्धी सम्झौता

एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याटबाट भुक्तानी सम्बन्धी सम्झौता

एनएमबी बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने छन् ।

एनएमबी बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक रहेको बताइएको छ । नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ ।

संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको अवस्थामा यो सम्झौता भएको हो ।

देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको छ ।

यसबाट यस्ता पर्यटकहरुले सामना गरेको मुद्रा विनिमेयको समस्यालाई सहज बनाउने छ । चिनियाँ पर्यटकहरुले नेपालमा वस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्नेछ ।