कीवर्डहरू -

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरेको छ ।

सोमबार हरिहरभवनस्थित समाज कल्याण परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच परिषद् अन्तरगत रहने गरी सामाजिक उद्यमशीलता विकास कोष स्थापना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले औंपचारिक जानकारी दिएका हुन् ।

सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उदेश्यका साथ ‘समाज कल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा ऐ दफा २६ को अधिकार’ प्रयोग गरी कोषको स्थापना गरिएको हो ।

सामाजिक क्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउन तथा संघ, संस्थामाथि हुने नकारात्मक सोच हटाउन सामाजिक उद्यमशीलता कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मन्त्री गुरुङले व्यक्त गरे ।

समाज कल्याण परिषद्ले सामाजिक उद्यमशिलता कोष सञ्चालन समिति पनि गठन गरेको छ। परिषद्का सदस्य शुसिल ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।