कीवर्डहरू -

मिस यूनिभर्स नेपाल २०२० को लागि मोबाइल एपबाटै आवेदन दिन सकिने

मिस यूनिभर्स नेपाल २०२० को लागि मोबाइल एपबाटै आवेदन दिन सकिने

मिस यूनिभर्स नेपालका २०२० लागि ब्रेभ बोल्ड एण्ड ब्यूटिफूल प्रालिले आफ्नो एप मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको  लागि आह्वान गरेको छ ।

मिस युनिभर्स नेपालको मोबाइल एप असोज २२ गते एपी वान टेलिभिजन मार्फत प्रशारित कार्यक्रम ‘द नग्म्याटिक शो’ मार्फत २०१७ की मिस यूनिभर्स नग्मा श्रेष्ठ र ब्रेभ बोल्ड एण्ड ब्यूटिफूल प्रालिका फाउण्डरले सार्वजनिक गरेका थिए ।

मिस यूनिभर्सका विजेताले १० लाख रुपैयाँ नगद उपहार प्राप्त गर्ने छन् । मोबाइल एप गूगल प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने छ ।

पछिल्लो ५ हजार प्रतियोगीहरुका १ हजार रुपैयाँ तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।

यस प्रतियोगिताका लागि आवेदन तथा दर्ताको घोषणा एक प्रत्यक्ष प्रशारित कार्यक्रम मार्फत गरिएको थियो ।
यस प्रतियोगिताको घोषणा भएको ४८ घण्टामा १५०० भन्दा बढी प्रयोगकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको जनाइएको छ ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने बताइएको छ ।

नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेता मतदानबाट छनौट गरिनेछ ।