कीवर्डहरू -

एनसेलको स्टुडेन्ट प्लान मार्फत अब डायनामिक ईआरपी एप चलाउन सकिने

एनसेलको स्टुडेन्ट प्लान मार्फत अब डायनामिक ईआरपी एप चलाउन सकिने

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले उपलब्ध गराएको स्टुडेन्ट प्लान अन्तरगतको जुम, माइक्रोसफ्ट टिम्स, गूगल मिट चलाउन सकिने डेटाबाट अब डायनामिक एकेडेमी ईआरपी एप पनि चलाउन सकिने भएको छ ।

एनसेलले लकडाउनको समयमा अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/ शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उदेश्यले उपलब्ध गराएको विशेष मासिक प्याकबाट डायनामिक एकेडेमी ईआरपी एप चलाउन सकिने भएको हो ।

यस विषेश योजना अन्तर्गत विद्यार्थीले मासिक २५० (करबाहेक) रुपैयाँमा  अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गूगल मिट र माइक्रोसफ्ट टिम्स र डायनामिक ईआरपी एप प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउँछन् । यसैगरी मासिक रु ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ ।

एनसेलसँगको सहकार्यमा स्टुडेन्ट प्लान अन्तरगत जुम, मिट र टिम्म प्रयोगको लागि पाइने डेटा प्याक मार्फत सस्तोदरमा डायनामिक ईआरपी एप पनि चलाउन सकिने डायनामिक टेक्नोसफ्टका प्रमुख कार्यकारी अधिकृत दिपक शाहले बताए ।

डायनामिक एकाडेमिक ईआरपीमा अनलाईन एडमिसन तथा ईन्ट्रान्स्, होमवर्क व्यवस्थापन, रियलटाईम ईभेन्ट तथा नोटिफिकेशन, अनलाईन रिजल्ट तथा हाजिरी लगायतका विभिन्न १५ उपयोगी विशेषताहरु समावेश गरिएको छ ।

डायनामिक ईआरपी मोबाइल एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । एपबाट शिक्षक तथा अभिभावकले विद्यार्थिको प्रगतिको बारेमा निगरानी गर्न सक्ने छन् ।

यसमा शूल्क, एचआर, पेरोल, बजेट व्यवस्थापन, जिपिएस सुविधा, फाइनान्सियल तथा ट्रान्सपोर्ट व्यवस्थापन लगायतका विविध सुविधा  रहेका छन् ।  एनसेलले प्रदान गर्ने स्टुडेन्ट प्लानको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।