कीवर्डहरू -

टेलिकमको फेस्टिभल अफर, हरेक रिचार्जमा टकटाइम बोनस

टेलिकमको फेस्टिभल अफर, हरेक रिचार्जमा टकटाइम बोनस

घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ ।

फेस्टिभल अफरका रुपमा दशै, तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइनेछ ।

यसमा रिचार्ज कार्डबाट ५० रुपैयाँमा रिचार्ज वा एमपोसबाट २० रुपैयाँदेखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्जकार्डबाट १०० रुपैयाँ वा एमपोसबाट ५१ रुपैयाँदेखि १०० रुपैयाँरिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट २०० रुपैयाँवा एमपोसबाट १०१ रुपैयाँ देखि २०० रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ ।

एमपोसबाट २०१ रुपैयाँ देखि ४९९ रुपैयाँ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ ।

यसैगरी, रिचार्ज कार्डबाट रुपैयाँ ५०० वा एमपोसबाट ५०० रुपैयाँ देखि ९९९ रुपैयाँ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ ।

साथै, रिचार्ज कार्डबाट १००० रुपैयाँ वा एमपोसबाट १००० रुपैयाँ हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ ।