कीवर्डहरू -

टेलिकमको एप डाउनलोड गर्दा र सिम फोरजीमा स्तरोन्नती गर्दा ५०० एमबी डेटा निशूल्क

टेलिकमको एप डाउनलोड गर्दा र सिम फोरजीमा स्तरोन्नती गर्दा ५०० एमबी डेटा निशूल्क

कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका लागि निशुल्क प्राइने भएको छ ।

यसैगरी  *४४४# डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी डाटा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुनेछ ।

यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकका लागि उपलब्ध हुनेछ । यो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिश आवश्यक पर्ने व्यवस्था हटाइएको छ ।