कीवर्डहरू -

फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँदा दैनिक १ लाख र बम्परमा ५ लाख जित्ने मौका

बैंक खातामा पैसा पठाउँदा दैनिक १ जनाले एकलाख रुपैयाँ र बम्परमा १ जनाले पाँचलाख रुपैयाँ जित्ने मौका

फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँदा दैनिक १ लाख र बम्परमा ५ लाख जित्ने मौका

फोन पेले नेपालीको महानचाड दशैलाई लक्षित गरी दशै धनमौका योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तरगत फोन पे डाइरेक्ट प्रयोग गरी बैंक खातामा पैसा पठाउँदा दैनिक १ जनाले एकलाख रुपैयाँ र बम्परमा १ जनाले पाँचलाख रुपैयाँ जित्ने मौका पाउने छन् ।

यो योजना कार्तिक १ गतेदेखि कार्तिक १४ गतेसम्म लागु हुनेछ । यसमा जति धेरै कारोबार गर्‍यो त्यति नै विजेता हुने सम्भावना रहेको फोनपे जनाएको छ ।

कसरी प्रयोग गर्ने फोन पे डाइरेक्ट ?

फोनपे डाइरेक्ट प्रयोग गर्नका लागि सुरुमा आफ्नो बैंकको मोबाइल बैंकिङ एपमा जानुहोस् । त्यसपछि लगइन गरी ‘सेन्ड मनि’ मा क्लिक गर्नुहोस् ।

सेन्ड मनिमा क्लिक गरेपछि ‘टु रेसिपेन्ट्स मोबाइल नम्बर (फोनपे डाइरेक्ट) मा थिच्नुहोस् । त्यसपछि अब तपाईले केवल मोबाइल नम्बर मात्र राखेर सजिलै पैसा पठाउनुहोस् ।

के हो फोन पे डाइरेक्ट  ?

फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ ।