कीवर्डहरू -

डिजिटल कर्णालीका लागि केबिसीएफ र वर्ल्डलिंक कम्युनिकेशन्स बीच सहकार्य

डिजिटल कर्णालीका लागि केबिसीएफ र वर्ल्डलिंक कम्युनिकेशन्स बीच सहकार्य

डिजिटल कर्णालीका लागि कर्णाली बेसिन संरक्षण फाउन्डेशन  (केबिसीएफ) र वर्ल्डलिङ्क कम्युनिकेशन्स बीच सहकार्य हुने भएको छ ।

केबिसीएफले कर्णाली नदी बेसिनको कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामाजिक आर्थिक विकास ल्याउन नेपालको ठूलो इन्टरनेट प्रदायक संस्था वर्ल्डलिङ्क कम्युनिकेशनसँग सहकार्य गर्ने भएको हो ।

केबिसीएफले जैविक विविधता संरक्षण, जीविकाका अवसर, स्वास्थ, गुणस्तरीय शिक्षाको पहुँच र इको टुरिजम क्षेत्रको प्रवर्द्धन गर्ने गतिविधिमा लगानी गरिरहेको छ  भने  वर्ल्डलिङ्कले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरिरहेको छ ।

केबिसीएफका अध्यक्ष राधेश्याम पन्तले ‘यस क्षेत्रमा धेरै कुराहरु हासिल हुन अझै बाँकी भएकाले दिर्घकालिन र दिगो वृद्धिका लागि बलियो जग बसाल्नु महत्त्वपूर्ण भएको बताउँदै यस सन्दर्भमा डिजिटल अर्थतन्त्रका लागि आवश्यक भौतिक पूर्वाधार हुनु महत्वपूर्ण रहेको बताए ।’

‘हाम्रो उद्देश्य यस क्षेत्रका प्रदेशहरुलाई विकास प्रक्रियामा अगाडी बढाउन र यो महत्वपूर्ण लक्ष्य पुरा गर्न वर्ल्डलिङ्कसँग सहकार्य भएको बताए ।’

त्यस्तै वर्ल्डलिङ्क कम्युनिकेशनका अध्यक्ष दिलिप अग्रवालले ‘विकास क्षेत्रहरु पहिचान गर्न र सबैलाई इन्टरनेट उपलब्ध गराएर स्थिर डिजिटल प्लेटफर्मका अवसरबारे आकर्षित गर्दै डिजिटल कर्णालीको योजना पूरा गर्न काम गर्ने बताए ।