कीवर्डहरू -

सामसङ क्युएलईडी टिभीको प्रि बुकिङ खुल्ला, बुकिङ गर्नेलाई निःशूल्क सामसङको फोन

सामसङ क्युएलईडी टिभीको प्रि बुकिङ खुल्ला, बुकिङ गर्नेलाई निःशूल्क सामसङको फोन

सामसङ नेपालले क्युएलईडी टिभिको प्रि बुकिङ्ग खुल्ला गरेको छ । यो प्रि बुकिङ असोज २९ गतेदेखि कार्तिक १५ गतेसम्म खुल्ला रहेको छ ।

आकर्षक अफर मूल्यका साथै प्रि बुकिङ गर्ने ग्राहकहरुले निःशुल्क मोबाइल सेट उपहार पाउने छन् । ग्राहकले १० हजार रुपैयाँ तिरेर टिभी बुकिङ गर्न सक्ने छन् ।

प्रि बुकिङ गर्दा ग्राहकले ८५ इन्चको सामसङ क्युएलइडी टिभी ५ लाख ८० हजार ६ सय ८३ रुपैयाँमा खरिद गर्न सक्ने छन् । त्यस्तै ७५ इन्चको क्युएलईडी टिभी ४ लाख ४२ हजार ४सय २५ रुपैयाँमा खरिद गर्न सकिने छ  ।

८५ इन्चको क्युएलईडी टिभी खरिद गर्दा ग्यालेक्सी नोट टेन लाईट तथा ७५ इन्चको क्युएलईडी टिभी खरिद गर्दा ग्राहकले ग्यालेक्सी ए ७१ स्मार्टफोन निःशुल्क प्राप्त गर्ने छन् ।

क्युएलईडी टिभीमा लाइट अनुसार न्यानो पार्टिकल्सको साइज परिवर्तन गर्नको लागि सेमिकन्डक्टर मेटेरियलहरुको प्रयोग गरिएको छ । टिभीमा उच्च ब्राइटनेस इफिसियन्सी एवं उत्कृष्ट कलर प्राप्त गर्न सकिन्छ ।

१० वर्ष नो स्क्रीन बर्न इन वारेन्टी जसले बर्षौसम्म ब्राइटनेसमा एकरुपता एवं स्पष्ट इमेज क्वालिटी प्रदान गर्दछ । मल्टि भ्यूले टिभिलाई दुई भागमा बाँड्रने स्वतन्त्रता प्रदान गर्दछ । एक भागमा टिभि हेर्न र अर्को भागमा आफ्नो मोबाइललाई मिरर गर्न सकिने छ ।

यसका साथै टिभीमा अन्य थप विशेषताहरु थ्रिडी सिनेम्याटिक साउन्ड, ओटीसी (अब्जेक्ट ट्र्याकिङ्ग साउन्ड) पिसि मोड, रियल गेमिङ्ग इन्ह्यान्सर प्लस, मल्टि भ्वाइस एसिटेन्स आदी सुविधाहरु छन् ।