कीवर्डहरू -

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले झन्डै ४५ वर्षपछि दशैंमा नयाँ कपडा लगाएका छन् । जिन्दगीमा यो दोस्रो नयाँ सुट भएको पनि पुनले सामाजिक सञ्जालमा बताएका छन् ।

सामाजिक सञ्जालमा पुनले लेखेका छन, ‘सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाही ६ बर्ष पुरानो हो ।’

‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस् । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें । दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला । केही महिना पछि मैले नै बताउने छु,’ पुनले लेखेका छन् ।